काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीको नाममा कार्यालयहरूमा गएर धम्क्याउनेलाई नियन्त्रणमा लिइने प्रतिबद्धता जनाएका छन् ।
गृह मन्त्रालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
जेनजीको नाममा कार्यालयहरूमा गएर धम्क्याउने कार्य भइराखेको पत्रकारहरूको प्रश्नमा गृहमन्त्री अर्यालले ‘त्यो गलत कुरा भएको’ प्रतिक्रिया दिए । उनले थप भनेका छन्, ‘तिनीहरूलाई नियन्त्रणमा लिइन्छ ।’
गृहमन्त्री अर्यालले भनेका छन्, ‘जेनजीका नाममा कसैले गलत क्रियाकलाप गर्छ भने ‘ । जेनजीको विद्रोह सुशासनको लागि हो । त्यो (कार्यालयमा गएर धम्क्याउने) गलत क्रियाकलाप हो । सुशासन विरोधी क्रियाकलाप हो । त्यसलाई सरकारले निगरानी गर्छ, त्यसलाई समय क्रममा हामीले, हाम्रो पुलिस प्रशासन सबै लाग्छ, त्यो कुरालाई काबुभित्र राख्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ असोज २०८२, १७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्रीद्वारा प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको अवलोकन
देशको सुरक्षा अवस्थालाई सामान्य बनाउन सरकार सफल : गृहमन्त्री अर्याल
गृहमन्त्रीलाई जेन-जीले भने- भदौ २३ र २४ गतेका घटनाका दोषीलाई कारबाही गर्नुस्
गृहमन्त्रीले बोलाए सुरक्षा समिति बैठक
मिथ्या सूचना नियमन गर्न गृहमन्त्रीको चासो
गृहमन्त्रीले गरे आईजीपी खापुङको बिदाइ