काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्दै छ।
बैठक बुधबार बिहान ११:३० बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बैठकमा हालसम्म सम्पन्न भएका स्थानीय तह र जिल्ला अधिवेशनहरूको प्रगति मूल्यांकन, सांगठनिक सुदृढीकरणका उपाय, समसामयिक राजनीतिक परिस्थिति र पार्टी जीवनसँग सम्बन्धित विविध विषयमा विस्तृत छलफल हुने छ।
प्रवक्ता श्रेष्ठले भने, 'बैठकमा हालको राजनीतिक परिवेशमा पार्टीको स्पष्ट धारणा तय गर्ने, अधिवेशनहरूको मूल्यांकन गर्ने र संगठन सुदृढीकरणका लागि ठोस योजना तय गर्ने एजेन्डा रहेको छ।'

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ असोज २०८२, ०७ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग
राप्रपाको असन्तुष्ट पक्षको बैठक बस्दै
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान राप्रपा अध्यक्ष लिङ्देनको आग्रह
राप्रपाले पार्टीको स्थापना दिवस मनाउने
मानव बेचबिखनमा संलग्न समूहविरुद्ध कडा कारबाही गर्न राप्रपाको माग