काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्दै छ।
बैठक बुधबार बिहान ११:३० बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बैठकमा हालसम्म सम्पन्न भएका स्थानीय तह र जिल्ला अधिवेशनहरूको प्रगति मूल्यांकन, सांगठनिक सुदृढीकरणका उपाय, समसामयिक राजनीतिक परिस्थिति र पार्टी जीवनसँग सम्बन्धित विविध विषयमा विस्तृत छलफल हुने छ।
प्रवक्ता श्रेष्ठले भने, 'बैठकमा हालको राजनीतिक परिवेशमा पार्टीको स्पष्ट धारणा तय गर्ने, अधिवेशनहरूको मूल्यांकन गर्ने र संगठन सुदृढीकरणका लागि ठोस योजना तय गर्ने एजेन्डा रहेको छ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ असोज २०८२, ०७ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
कमल थापालाई टिकट दिएपछि राप्रपामा रडाको
यी हुन् राप्रपाले बुझाएको ११० समानुपातिक उम्मेदवारहरू (सूची)
भोलि बिर्तामोडमा शक्ति प्रदर्शन गर्दै राप्रपा
राप्रपा र राप्रपा नेपालबीच सहमति
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा