काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्याल र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच शिष्टाचार भेट सम्पन्न भएको छ।
भेटका क्रममा मन्त्री अर्यालले नेपालले ‘एक चीन नीति’प्रति आफ्नो दृढ र अविचलित प्रतिबद्धता दोहोर्याउँदै, चीनको सार्वभौमिकता, एकता र भौगोलिक अखण्डतामाथि आघात पुग्ने कुनै पनि गतिविधि नेपालको भूमिबाट हुन नदिइने स्पष्ट रूपमा उल्लेख गरे ।
मन्त्री अर्यालले पञ्चशीलका पाँच सिद्धान्तहरू र नेपाल–चीनबीचको ७० वर्ष लामो कूटनीतिक सम्बन्धको प्रशंसा गर्दै दुवै देशबीचको मित्रता, आपसी विश्वास र सहकार्यलाई अझ सुदृढ बनाउने इच्छा प्रकट गरे ।
उनले व्यापार, लगानी, पूर्वाधार, ऊर्जा, कृषि, प्रविधि स्थानान्तरण र पर्यटनलगायतका क्षेत्रहरूमा सहकार्य विस्तार गर्न नेपालको प्रतिबद्धता पनि व्यक्त गरे।
भेटका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गतका प्राथमिक परियोजनाहरूलाई अघि बढाउने विषयमा समेत दुवै पक्षबीच विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असोज २०८२, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव