काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्याल र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच शिष्टाचार भेट सम्पन्न भएको छ।
भेटका क्रममा मन्त्री अर्यालले नेपालले ‘एक चीन नीति’प्रति आफ्नो दृढ र अविचलित प्रतिबद्धता दोहोर्याउँदै, चीनको सार्वभौमिकता, एकता र भौगोलिक अखण्डतामाथि आघात पुग्ने कुनै पनि गतिविधि नेपालको भूमिबाट हुन नदिइने स्पष्ट रूपमा उल्लेख गरे ।
मन्त्री अर्यालले पञ्चशीलका पाँच सिद्धान्तहरू र नेपाल–चीनबीचको ७० वर्ष लामो कूटनीतिक सम्बन्धको प्रशंसा गर्दै दुवै देशबीचको मित्रता, आपसी विश्वास र सहकार्यलाई अझ सुदृढ बनाउने इच्छा प्रकट गरे ।
उनले व्यापार, लगानी, पूर्वाधार, ऊर्जा, कृषि, प्रविधि स्थानान्तरण र पर्यटनलगायतका क्षेत्रहरूमा सहकार्य विस्तार गर्न नेपालको प्रतिबद्धता पनि व्यक्त गरे।
भेटका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गतका प्राथमिक परियोजनाहरूलाई अघि बढाउने विषयमा समेत दुवै पक्षबीच विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असोज २०८२, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सुरक्षालाई साझा जिम्मेवारीका रूपमा बुझौँ: गृहमन्त्री अर्याल
निर्वाचन फागुन २१ मै हुन्छ, कुनै शंका नगर्नू: गृहमन्त्री अर्याल
वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री
सत्तामा टाँसिइरहने हाम्रो ध्यान छैन : गृहमन्त्री अर्याल
गृहमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको प्रश्न- ठूला दललाई पाखा राखेर चुनाव हुन्छ ?
निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल