काठमाडौँ । गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पहिलो पटक सार्वजनिक भएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सहभागी हुन जाने क्रममा देउवा सहभागी भएका हुन् । नेपाली सेनाले बुढानीलकण्ठबाट उनीसहित पत्नी आरजु राणा देउवालाई उद्धार गरेर लगेको थियो । पटक पटक नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई उद्धार गर्न खोजिए पनि असम्भव भएको थियो । पछि सेनाले स्थलमार्गबार्ट उनीहरूलाई अस्पताल लगेको थियो ।
सुरक्षाको कारण देखाउँदै देउवाको उपचार कहाँ गरिएको भन्ने खुलाइएको थिएन । टाउकोमा गम्भीर चोट लागेका देउवालाई १२ टाँका लगाइएको पछि पत्रकार सम्मेलनमार्फत काँग्रेस नेता मीन विश्वकर्माले जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असोज २०८२, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार
देउवाले आफू निकट शीर्ष नेताको बैठक बोलाए
पार्टी विभाजन नहोस् भन्ने चाहेको छु: देउवा
विशेष महाधिवेशन हुँदैन, नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ’ : देउवा