राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

सफल खबर संवाददाता

सोमबार, २७ असोज २०८२, १३ : ४२
राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

काठमाडौँ । सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री भएपछि पहिलो पटक राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाइएको छ ।

अपराह्न बस्ने बैठकको एजेन्डा भने प्रधानमन्त्री तथा परिषद् अध्यक्ष कार्कीले सोही समयमा पेश गर्ने बताइएको छ ।

नेपाली सेनाको हतियार खरिद बैठकको एजेन्डा रहेको हुनसक्ने अनुमान छ ।

परिषदमा प्रधानमन्त्रीका साथै गृहमन्त्री, अर्थमन्त्री, रक्षा मन्त्री र प्रधान सेनापति सदस्य रहन्छन् ।

प्रतिक्रिया दिनुहोस