आविष्कार केन्द्रलाई मैले बजेट छुट्याउनु अनैतिक हुन्छ : शिक्षामन्त्री पुन

सफल खबर संवाददाता

सोमबार, २७ असोज २०८२, १० : ४६
आविष्कार केन्द्रलाई मैले बजेट छुट्याउनु अनैतिक हुन्छ : शिक्षामन्त्री पुन

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले आफू मन्त्री भएपछि राष्ट्रिय अविष्कार केन्द्रलाई बजेट छुट्याउनु अनैतिक हुने बताएका छन् ।

सामाजिक सञ्जालमा सक्रिय मन्त्री पुनले कृषि औजार कारखानामा बनेको धान काट्ने मेशिनको परीक्षणको भिडियो सार्वजनिक गर्दै यस्तो बताएका हुन् । आफू मन्त्री भए पनि कारखाना चलिरहेको उनको भनाइ छ । कारखानाका लागि आर्थिक स्रोत आफ्नो आत्मकथा पुस्तक बेचेको र दाताबाट प्राप्त भएको रकम भएको उनले प्रष्ट पारेका छन् ।

‘म मन्त्री भए पनि राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्ज कृषि औजार कारखाना चलिरहेकै छ। आर्थिक श्रोत भनेको मेरो आत्म कथाको किताब बेचेको पैसा र दाताहरुले दान गरेको पैसा हो।

मन्त्री भएर कारखानाको लागि म आफैले बजेट छुट्याउनु अनैतिक काम हुन्छ। पहिलेको सरकारले छुट्याएको भए हुन्थ्यो तर छुट्‌याएनन्। भविष्यका सरकारले पैसा छुट्‌याए पनि हुन्छ’, पुनले फेसबुकमा लेखेका छन्।

 

प्रतिक्रिया दिनुहोस