‘सबै राजनीतिक दलमा पुनर्गठन र रूपान्तरण अनिवार्य छ’ : झलनाथ खनाल

सफल खबर संवाददाता

आइतबार, २६ असोज २०८२, १६ : ४४
‘सबै राजनीतिक दलमा पुनर्गठन र रूपान्तरण अनिवार्य छ’ : झलनाथ खनाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सबै राजनीतिक दलमा पुनर्गठन र रूपान्तरण आवश्यक रहेकामा जोड दिएका छन् ।

जेनजी प्रदर्शनका क्रममा घाइते भएकी खनाल पत्नी रविलक्ष्मी चित्रकारको उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा रहेका उनले सामाजिक सञ्जालमार्फत हालका सानाठूला सबै दलहरू र आफ्नै पार्टीभित्रसमेत नयाँ वैचारिक, संगठनात्मक र नीतिगत दिशामा पुनर्गठन आवश्यक रहेको बताएका हुन् ।

“अब देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य छ । हरेक सानाठूला पार्टीमा र जेनजी समूहमासमेत उथलपुथल र विभाजन भइरहेको छ । यसले गर्दा सबैको माग पुनर्गठन र रूपान्तरणको हो”, उनले लेख्नुभएको छ, “यो युगको माग हो, समयको माग हो र सिंगो राष्ट्रको मागसमेत हो ।”

अहिले आफ्नो दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले कुनै अर्को राजनीतिक दलसँग एकीकरण गर्ने नहुने नेता खनालले धारणा राखेका छन् । “

आफ्नो दलले पछिल्लो चार वर्षे अवधिको समीक्षा गर्नुपर्ने पनि खनालको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस