काठमाडौँ । देशका विभिन्न भागमा निरन्तर वर्षा र पहिरोका कारण प्रमुख राजमार्गका ६ स्थानमा सवारी आवागमन अवरुद्ध भएको छ।
नेपाल प्रहरीले शुक्रबार बिहान ८ बजे अद्यावधिक गरेको विवरण अनुसार कोशी र बागमती प्रदेशका सडक खण्डहरू पूर्ण रूपमा बन्द भएका हुन्।
कोशी प्रदेशमा चार स्थानमा अवरोध सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ बरुणखोला र मकालु गाउँपालिका–३ खुकु क्षेत्रमा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यस्तै इलाम नगरपालिका–९ राजदुवाली लगायत स्थानहरूमा मेची राजमार्ग अवरुद्ध छ भने पाँचथरको तुम्बेवा गाउँपालिका–२ नाबाखोला क्षेत्रमा तामोर करिडोर सडक बन्द भएको प्रहरीले जनाएको छ।
बागमती प्रदेशमा दुई स्थानमा सडक बन्द बागमती प्रदेशअन्तर्गत रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा तीन ठाउँमा पहिरो खसेपछि पासाङ ल्हामु सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ।
त्यस्तै काभ्रेपलाञ्चोकको काभ्रे रोशी गाउँपालिका–११ मानेखोला, ऐंसेखोला, बुलबुले र बाडीजेवा लगायत स्थानहरूमा बीपी राजमार्ग अवरुद्ध भएको छ।
नेपाल प्रहरीले ती स्थानहरूमा यात्रा नगर्न र आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालक र यात्रुहरूलाई आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ असोज २०८२, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बिपी राजमार्गमा एकतर्फी यातायात सञ्चालन गर्ने तयारी
आज कुन-कुन राजमार्ग छन् अवरुद्ध ? (सूचीसहित)
विभिन्न राजमार्ग १८ ठाउँमा अवरुद्ध
मुग्लिन–नागढुंगा सडकखण्डको जवाङ खोलामा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
देशका विभिन्न सात राजमार्ग पहिरोले अवरुद्ध (सूचीसहित)
आजदेखि बीपी राजमार्ग २४ सै घण्टा खुला