काठमाडौँ । देशका विभिन्न भागमा निरन्तर वर्षा र पहिरोका कारण प्रमुख राजमार्गका ६ स्थानमा सवारी आवागमन अवरुद्ध भएको छ।
नेपाल प्रहरीले शुक्रबार बिहान ८ बजे अद्यावधिक गरेको विवरण अनुसार कोशी र बागमती प्रदेशका सडक खण्डहरू पूर्ण रूपमा बन्द भएका हुन्।
कोशी प्रदेशमा चार स्थानमा अवरोध सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ बरुणखोला र मकालु गाउँपालिका–३ खुकु क्षेत्रमा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यस्तै इलाम नगरपालिका–९ राजदुवाली लगायत स्थानहरूमा मेची राजमार्ग अवरुद्ध छ भने पाँचथरको तुम्बेवा गाउँपालिका–२ नाबाखोला क्षेत्रमा तामोर करिडोर सडक बन्द भएको प्रहरीले जनाएको छ।
बागमती प्रदेशमा दुई स्थानमा सडक बन्द बागमती प्रदेशअन्तर्गत रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा तीन ठाउँमा पहिरो खसेपछि पासाङ ल्हामु सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ।
त्यस्तै काभ्रेपलाञ्चोकको काभ्रे रोशी गाउँपालिका–११ मानेखोला, ऐंसेखोला, बुलबुले र बाडीजेवा लगायत स्थानहरूमा बीपी राजमार्ग अवरुद्ध भएको छ।
नेपाल प्रहरीले ती स्थानहरूमा यात्रा नगर्न र आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालक र यात्रुहरूलाई आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ असोज २०८२, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीपी राजमार्गको डाइभर्सन बगायो, सवारी आवागमन अवरुद्ध
वीपी राजमार्ग अवरुद्ध
कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द
पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द
सडक भासिँदा मेची राजमार्ग अवरुद्ध, सवारी सञ्चालनमा रोक
मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन