काठमाडौँ । सुरुवाती कारोबारमा उचालिएको सेयर बजार अन्तिम समयमा भने खुम्चिएको छ ।
कारोबार सुरु भएको तीन मिनेटमै नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १०२ अंक अर्थात् ४ प्रतिशत बढ्यो । त्यतिबेला नेप्से २६७५ अंकमा थियो ।
त्यसपछि सर्किट ब्रेक लागेर २० मिनेटका लागि कारोबार नै स्थगित भयो । सर्किट ब्रेकपछि खुलेको बजार भने क्रमशः झर्न थाल्यो । बजार बन्द हुँदा अन्ततः नेप्से जम्मा २२.५९ अंक मात्रै बढ्यो । बन्द हुँदा नेप्से २५८२ अंकमा कायम भएको छ ।
दिनभर कुल ५ अर्ब २७ करोडको कारोबार भयो । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको हो । अघिल्लो दिन ५ अर्ब ७६ करोडको कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ असोज २०८२, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४.९८ अंकले घट्यो सेयर बजार
नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि
बढ्यो सेयर बजार, ४ कम्पनीमा १० प्रतिशत वृद्धि
सेयर बजार २५४० अंकमा झर्यो
सामान्य अंकले बढ्यो नेप्से परिसूचक
२५४४ अंकमा झर्यो सेयर बजार