एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र प्यालेस्टाइनस्थित विद्रोही समूह हमासले शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेका जनाएका छन्।
राष्ट्रपति ट्रम्पका अनुसार यो सम्झौताअन्तर्गत सबै बन्धक छिट्टै मुक्त गरिनेछ। इजरायली सेना सहमतिको रेखासम्म फिर्ता हुने छन्। उनले यो सम्झौताले मजबुत, दिगो र स्थायी शान्तिको बाटो खोल्ने विश्वास व्यक्त गरेका छन्।
‘यो अरब र मुस्लिम विश्वका लागि, इजरायलका लागि, वरिपरिका सबै देशका लागि र संयुक्त राज्य अमेरिकाका लागि महान दिन हो’, उनले भनेका छन्, ‘हामी यस ऐतिहासिक र अभूतपूर्व घटनालाई सफल बनाउन सहयोग गर्ने कतार, इजिप्ट र टर्कीका मध्यस्थकर्ताहरूलाई धन्यवाद दिन्छौं।’
उनले अन्त्यमा आफ्नो पहलले सार्थकता पाएकोमा खुसी हुँदै शान्ति गर्नेलाई धन्यसमेत भनेका छन्। यो सम्झौतालाई मध्यपूर्वमा दशकौंदेखिको हिंसा अन्त्यतर्फ ठूलो कदमका रूपमा हेरिएको छ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेर करिब १२ सयको ज्यान लिएको थियो। त्यसयता इजरायलले थालेको प्रत्याक्रमणलाई नरसंहारमा बदलेर ६५ हजार प्यालेस्टाइनबासीको ज्यान लिइसकेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २३ असोज २०८२, ०७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेबननमा इजरायलको आक्रमण, मारिए हिजबुल्लाहका कमान्डर
इजरायलका प्रधानमन्त्री नेतान्याहुविरूद्ध टर्कियेद्वारा वारेन्ट जारी
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
गाजामा इजरायलको पुन: घातक आक्रमण, एकै परिवारका ११ जनाको मृत्यु
इजरायल-हमास सम्झौतापछि गाजामा हर्षोल्लास
इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा