काठमाडौं । जेन जी आन्दोलनपछि घरभित्रै चुटिएका कांग्रेस सभापति शेरवहादुर देउवाले आज पार्टीका महामन्त्रीद्दय विश्वप्रकाश शर्मा र गगन थापासँग भेटघाट गर्दैछन् । २४ भदौंमा आफ्नै निवास बुढानिलकन्ठमा बसिरहेका बेला आगजानीका लागि आएका जेनजी आन्दोलनकारीहरुले देउवा दम्पत्तीमाथी पनि सांघातिक आक्रमण गरेका थिए ।
त्यसपछि सुरक्षित रुपमा उपचार गर्दै आराम गरिरहेका देउवाले असोज २६ मा कांग्रेसको केन्द्रीय समिति बैठक बोलाएका छन् । त्यस अगाडी उनले आज पार्टीका दुई महामन्त्री थापा र शर्मालाई विश्वासमा लिन र आफनो सम्मानजनक बर्हिगमनका बाटोका बारेमा छलफल गर्न भेटघाट गर्न लागेको देउवा निकट नेताहरुको भनाई छ ।
महामन्त्री थापा र शर्माले जेन जी विद्रोहपछि पार्टी सभापतिलाई तत्काल पद छोड्ने, नछोडे विशेष महाधिवेशन भएपनि बोलाउन माग गदै जिल्ला जिल्लामा महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर अभियान चलाईरहेका छन् ।
महामन्त्री थापा र शर्माले जेन जी विद्रोहपछि पार्टी सभापतिलाई तत्काल पद छोड्ने, नछोडे विशेष महाधिवेशन भएपनि बोलाउन माग गदै जिल्ला जिल्लामा महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर अभियान चलाईरहेका छन् । ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशन माग गरेमा सभापतिले तीन महिनाभित्र आयोजना हुने गरी विशेष महाधिवेशन बोलाउनु पर्ने कांग्रेसको विधानमा छ ।
४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशन माग गरेमा सभापतिले तीन महिनाभित्र आयोजना हुने गरी विशेष महाधिवेशन बोलाउनु पर्ने कांग्रेसको विधानमा छ ।
जेन–जी आन्दोलनपछि दुवै महामन्त्रीले सभापति देउवालाई तत्कालै कार्यवाहक सभापति तोक्न आग्रह गरेका थिए । देउवाले तत्काल नेतृत्व छाड्ने संकेत नदिएपछि महामन्त्रीद्वय थापा र शर्माको समर्थनमा पार्टीका युवा नेताहरूले दसैं अगाडि नै विशेष महाधिवेशनका लागि देशव्यापी हस्ताक्षर थालेका थिए ।
तर कांग्रेस नियमित महाधिवेशनमा गएपनि उसको विधान अनुसारको समय मंसिरमा पुग्दैछ । सभापति देउवाले महामन्त्री शर्मा र थापाले माग गरेजस्तो विशेष महाधिवेशनमा पार्टीलाई लैजाने योजनामा भने छैनन ।
उनले नियमित महाधिवेशनमार्फत नै पार्टीको नेतृत्व हस्तान्तरणको विषय महामन्त्रीद्दयसङ्ग गर्न खोजेको उनी निकट स्रोतको भनाई छ । त्यसका लागि महामन्त्रीसँग देउवाले तीन विकल्प प्रस्तुत गर्न लागेका छ् ।
पहिलो, नियमति महाधिवेशन मंसिर अन्तिम या पुस पहिलो सातासम्ममा गरिसक्ने, दोस्रो कार्यवाहक सभापति तोकेर नियमित महाधविशेनमै जाने र तेस्रो अहिलेको केन्द्रीय समिति भंग गरेर कुनै नेताको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाएर जाने । देउवाले महामन्त्रीद्दयले माग गदै आएको विशेष महाधिवेशन रोक्न यी तीन वटै विकल्पका बाटो खुल्ला राखेर महामन्त्री थापा र शर्मासँग आज छलफल गर्न लागेका हुन् ।
देउवा दुई कार्यकाल कांग्रेसको सभापति भईसकेका छन् । अब कांग्रेसको विधान अनुसार उनी सभापति हुन पाउने छैनन । देउवालाई सस्थापन पक्षका नेताहरुले नै आफनो उत्तराधिकारी तोक्न दवाव समेत बढाईरहेका छन् । यही बेला महामन्त्री शर्मा, थापा र शेखर कोइराला समुहले दवाव बढाएपछि देउवाले पनि अन्य विकल्पमा छलफल थालेका हुन् ।
२४ भदौंको कुटपिट र निवासमा आगजानी प्रकरणपछि नेताहरुसँग प्रत्यक्ष संवादमा नबसेका तर टेलिफोनमा भने सम्वादमा रहेका देउवाले केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा भने महामन्त्रीसँग प्रत्यक्ष भेटघाट गरेर कुराकानी गर्न खोजेका हुन् ।
भेटघाट आज दिउँसोको लागि समय तय भएको छ । ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर महामन्त्री शर्मा, थापा पक्षले जुटिसकेपछि देउवा दवावमा छन् । उनले सम्मानजनक बहिर्गमनका लागि विशेष महाधिवेशनबाहेकको विकल्पबारे संस्थापन पक्षका नेताहरूसँग पनि टेलिफोनमा सम्वाद गरिरहेका छन् ।
‘विशेष महाधिवेशनमा जाँदा सम्मानजनक बहिर्गमन नहुने देखिएपछि देउवाले आफू निकटवर्तीसँग विभिन्न उपायमा छलफल गरिरहनुभएको छ,’ एक नेताले भने, ‘पार्टीभित्र एकता कायम पनि होस् भन्ने उहाँले चाहनुभएको छ । त्यही क्रममा आज महामन्त्रीहरुसँग पनि भेटघाट गर्न खोज्नु भएको छ ।’
देउवानिकट एक नेताका अनुसार विशेष महाधिवेशन रोक्न मंसिर मसान्तभित्र या पुस पहिले सातासम्म सम्पन्न हुने गरी नियमित महाधिवेशन बोलाउने, तत्काल कार्यवाहक सभापति तोक्न परे उपसभापति पूर्णवहादुर खड्कालाई तोक्ने र आफू नेतृत्वबाट बाहिरिने वा अहिलेको कार्यसमिति भंग गरेर कुनै नेताको नेतृत्वमा महाधिवेशन आयोजक समिति गठन गर्न परे पनि उपसभापति खड्काकै संयोजकत्वमा गठन गर्ने विकल्पमा देउवा तयार देखिएका छन् ।
महामन्त्रीद्वयले विशेष वा नियमित जे भए पनि मंसिर भित्रै महाधिवेशन हुनुपर्ने अडान लिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ असोज २०८२, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिशोधको राजनीति नगर्न काँग्रेसको आग्रह
राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनु पर्दछ : देउवा
कांग्रेसले यस वर्ष चियापान नगर्ने
काँग्रेसमा विशेष महाधिवेशन आह्वानका लागि दबाब दिन १०९ जनाले गरे हस्ताक्षर
चाक्सीबारीमा कांग्रेसका पूर्वपदाधिकारी बैठक
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी