काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल हुने भएको छ ।
आयोगका एक पदाधिकारीका अनुसार आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा आयोगका पदाधिकारीको टोली र प्रधानमन्त्री कार्कीविचमा मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल हुन लागेको हो ।
तत्कालीन प्रतिनिधिसभा विघटन भएसँगै गठित अन्तरिम सरकारले आगामी फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति तोकेको छ ।
तोकिएकै मितिमा निर्वाचन गराउनका लागि सरकारले सक्रियता बढाएको छ भने निर्वाचन आयोगले पनि सरकारले तोकेको मितिमा निर्वाचन गराउनका लागि निर्वाचन कार्ययोजना बनाएर अघि बढिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ असोज २०८२, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘स्वजागरणलाई सबै तहमा संस्थागत गरी दैनिक जीवनको हिस्सा बनाउनु अपरिहार्य’ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूत एरी बासबीच शिष्टाचार भेट
पृथ्वीनारायणको सालिकमा प्रधानमन्त्री कार्कीले गरिन् पुष्पगुच्छा अर्पण
आगामी निर्वाचनबारे हालसम्मको कार्य प्रगतिका विषयमा प्रधानमन्त्री कार्कीले लिइन जानकारी
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?
प्रधानमन्त्री कार्कीसँग थारु कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलको भेट