काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल हुने भएको छ ।
आयोगका एक पदाधिकारीका अनुसार आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा आयोगका पदाधिकारीको टोली र प्रधानमन्त्री कार्कीविचमा मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल हुन लागेको हो ।
तत्कालीन प्रतिनिधिसभा विघटन भएसँगै गठित अन्तरिम सरकारले आगामी फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति तोकेको छ ।
तोकिएकै मितिमा निर्वाचन गराउनका लागि सरकारले सक्रियता बढाएको छ भने निर्वाचन आयोगले पनि सरकारले तोकेको मितिमा निर्वाचन गराउनका लागि निर्वाचन कार्ययोजना बनाएर अघि बढिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ असोज २०८२, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनको मागहरू नयाँ सरकारले पूरा गरोस् : प्रधानमन्त्री कार्की (पूर्णपाठ)
राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की
असामान्य परिस्थितिमा पनि निर्वाचन गर्न सफल भएकोमा प्रधानमन्त्री कार्कीद्वारा खुसी व्यक्त
प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको शिष्टाचार भेट
प्रधानमन्त्री कार्कीद्वारा जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजा अर्चना
कर्णाली भ्रमणमा प्रधानमन्त्री कार्की