काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिको सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने सचिवालय सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।
जेन जी पुस्ताको आन्दोलनपछि विकसित घटनाक्रमपछि नेकपा (माओवादी केन्द्र)ले पार्टीको विशेष महाधिवेशन गर्ने गरी केन्द्रीय समिति देखि सबै तहका कमिटि भंग गर्नै निर्णय गरेको थियो । असोज ९ र १० गते काठमाडौंमा सम्पन्न बैठकले पार्टीका सबै कमिटि भंग गदै विशेष महाधिवेशन मंसिर अन्मि साता गर्ने निर्णय गरेपनि मिति भने तोकेको थिएन । पार्टीको पदाधिकारीलाई महाधिवेशन आयोजक समितिको सचिवालयमा रुपान्तरण गदै सचिवालयमार्फत मिति तोकिने गरी केन्द्रीय समिति बैठक सम्पन्न भएको थियो ।
आज बस्ने सचिवालयले महाधिवेशनको मिति, महाधिवेशन प्रतिनिधिको छनौट लगायतका विषयमा छलफल गरेर एउटा टुंगो लगाउने सम्भाबना रहेको र त्यही अनुसारको एजेण्डामा छलफल गर्न बैठक बोलाइएको गजुरेलले सफलखबरसँग भने ।
त्यस्तै, सचिवालय बैठकमा पछिल्लो राजनीतिक अवस्था, प्राकृतिक विपत्तिले निम्ताएको समस्या तथा पार्टीका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ले पार्टी कार्यालयमा हेप्प डेस्क स्थापना र उद्दार, राहतमा लाग्न दिएको निर्देशनको कार्यान्वयन लगायतका विषयमा पनि छलफल हुनेछ । माओवादीले पार्टीका सम्पूर्ण पंक्तिलाई उद्दार तथा राहतका लागि समेत परिचालन गरिरहेको छ । जसअनुसार युवा संगठन वाइसिएसलले १० हजार सदस्यलाइृ देशभर उद्दार तथा राहतको काममा परिचालन गरिरहेको छ ।
आजको बैठकमा विभिन्न बामपन्थी पार्टीहरुसँग हुने भनिएको पार्टी एकतालगायतका विषयमा पनि छलफल हुने गजुरेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० असोज २०८२, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
माओवादीको महाधिवेशन आयोजक समिति बैठक बस्दै, एकताको सहमति अनुमोदन गर्ने
माओवादी मधेश प्रदेश संसदीय दलको नेतामा पुनः भरत साह नियुक्त
खाेटाङका माओवादी सांसद पासाङको आरोप– “सुदन किराँती भ्रष्ट छन्”