‘ऊर्जा भ्रष्टाचारविरुद्ध खर्च गर्नुस्, आलोचनामा मात्रै होइन’ : सहमहामन्त्री आचार्य

सफल खबर संवाददाता

मंगलबार, १४ असोज २०८२, १८ : ५१
‘ऊर्जा भ्रष्टाचारविरुद्ध खर्च गर्नुस्, आलोचनामा मात्रै होइन’ : सहमहामन्त्री आचार्य

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)का सहमहामन्त्री विपिनकुमार आचार्यले पार्टी छाडेका नेताहरूलाई आफ्नो ऊर्जा कुशासन र भ्रष्टाचारविरुद्ध खर्च गर्न अनुरोध गरेका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत उनले आफ्नो ऊर्जालाई कुशासन र भ्रष्टाचारविरुद्ध खर्च गर्न अनुरोध गर्दै रास्वपाको आलोचना नगरिदिन अनुरोध गरेका हुन्।

'कुनै कारणवश पार्टी छाडेका साथीहरूलाई अनुरोध छ( कृपया आफ्नो ऊर्जा कुशासन र भ्रष्टाचारविरुद्ध खर्च गर्नुहोस्, रास्वपाको आलोचनामा मात्र होइन। नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी पुरानो भयो भन्ने लागेर अझ नयाँ बन्न खोज्नेहरूको नोकझोक पुरानालाई मात्र फाइदा पुर्‍याउने हो भन्ने हेक्का राखिदिन सम्बन्धित सबैलाई अनुरोध पनि छ,’ उनले लेखेका छन्।

पछिल्लो समय सुमना श्रेष्ठले रास्वपा छाडेकी थिइन्। उनले रास्वपा छाडेको घोषणा गर्दा पार्टीको आलोचना समेत गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस