काठमाडौँ । रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्यले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् ।
आचार्यले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएको रास्वपा स्रोतले जानकारी दिएको छ । समानुपातिकतर्फ इच्छा जाहेर गर्नेहरूको संख्या बढेपछि पार्टीका विभिन्न गतिविधिमा सक्रिय हुन भन्दै उनले नाम फिर्ता लिएको एक नेताले जानकारी दिए ।
उनलाई पार्टी खस आर्यतर्फको पहिलो नम्बरमा समानुपातिकतर्फ सिफारिस गरेको थियो । रास्वपामा एकपछि अर्काले नाम फिर्ता लिने क्रम जारी छ ।
यसअघि नै डा. अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, सचिन ढकाल, महेन्द्र लावती, मिलन लिम्बू, सिर्जना ओली (सिर्जु), मोहना अन्सारी, साजन विक र सुदेश गुरुङले समानुपातिक सूचीबाट नाम फिर्ता लिएको घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ पुस २०८२, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको रोकिएको बागमती प्रदेश अधिवेशन भोलि
रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित
रास्वपा दैलेख अधिवेशनपछि विवाद
रास्वपाको बागमती प्रदेश अधिवेशन आज, सभापति लामिछानेले उद्घाटन गर्ने
रास्वपाको जिल्ला अधिवेशनमा ‘नेपाल सरकार’ को लोगो प्रयोग
सत्तारुढ दल रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै