काठमाडौँ । रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्यले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् ।
आचार्यले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएको रास्वपा स्रोतले जानकारी दिएको छ । समानुपातिकतर्फ इच्छा जाहेर गर्नेहरूको संख्या बढेपछि पार्टीका विभिन्न गतिविधिमा सक्रिय हुन भन्दै उनले नाम फिर्ता लिएको एक नेताले जानकारी दिए ।
उनलाई पार्टी खस आर्यतर्फको पहिलो नम्बरमा समानुपातिकतर्फ सिफारिस गरेको थियो । रास्वपामा एकपछि अर्काले नाम फिर्ता लिने क्रम जारी छ ।
यसअघि नै डा. अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, सचिन ढकाल, महेन्द्र लावती, मिलन लिम्बू, सिर्जना ओली (सिर्जु), मोहना अन्सारी, साजन विक र सुदेश गुरुङले समानुपातिक सूचीबाट नाम फिर्ता लिएको घोषणा गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ पुस २०८२, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समानुपातिक बन्द सूचीको नाम अद्यावधिक गर्न निर्वाचन आयोग जाने रास्वपाको तयारी
‘पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भंग भएको हो’: रास्वपा
रास्वपा र कुलमान पक्षबीचको एकता भंग, छुट्टाछुट्टै चुनावमा जाने
साइबर सेना भर्ती गरेर चुनाव प्रभावित गर्ने रास्वपाको दाउ
रास्वपाको समानुपातिक सूचीबाट सिर्जना सिज्जुले फिर्ता लिइन् उम्मेदवारी
रास्वपाको राजनीतिक समायोजन घोषणा सभा जारी