काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र आयवृद्धिका लागि ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको पहिचान, प्रवर्द्धन र संवर्द्धन अपरिहार्य भएको बताएकी छन् ।
४६ औँ विश्व पर्यटन दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले अद्वितीय प्राकृतिक सौन्दर्य, जैविक विविधता, बहुजातीय-बहुभाषिक संस्कृति र विश्वप्रसिद्ध हिमालका कारण हाम्रो देश पर्यटकहरूको लागि आकर्षक गन्तव्य बनेको बताएकी छन् ।
प्रधानमन्त्रीले सन्देशमा भनेकी छन्, “पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनाउन आवश्यक छ, सुशासनको आकांक्षासहित भएको जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्रमा समस्या देखिए पनि तत्काल ‘रिकभरी’ सुरु भइसकेको छ ।”

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ असोज २०८२, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनको मागहरू नयाँ सरकारले पूरा गरोस् : प्रधानमन्त्री कार्की (पूर्णपाठ)
राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की
असामान्य परिस्थितिमा पनि निर्वाचन गर्न सफल भएकोमा प्रधानमन्त्री कार्कीद्वारा खुसी व्यक्त
प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको शिष्टाचार भेट
प्रधानमन्त्री कार्कीद्वारा जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजा अर्चना
कर्णाली भ्रमणमा प्रधानमन्त्री कार्की