काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र आयवृद्धिका लागि ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको पहिचान, प्रवर्द्धन र संवर्द्धन अपरिहार्य भएको बताएकी छन् ।
४६ औँ विश्व पर्यटन दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले अद्वितीय प्राकृतिक सौन्दर्य, जैविक विविधता, बहुजातीय-बहुभाषिक संस्कृति र विश्वप्रसिद्ध हिमालका कारण हाम्रो देश पर्यटकहरूको लागि आकर्षक गन्तव्य बनेको बताएकी छन् ।
प्रधानमन्त्रीले सन्देशमा भनेकी छन्, “पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनाउन आवश्यक छ, सुशासनको आकांक्षासहित भएको जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्रमा समस्या देखिए पनि तत्काल ‘रिकभरी’ सुरु भइसकेको छ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ असोज २०८२, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेदभाव मुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छ’: प्रधानमन्त्री कार्की
‘घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दै छ’: प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
‘अख्तियारले रफ्तार बढाएको छ, भ्रष्टाचारको छानबिनका लागि छुट्टै आयोग आवश्यक देखिएन’: प्रधानमन्त्री कार्की
संसद् पुनर्स्थापनाको मागले राष्ट्रलाई पुनः अस्थिरताको चक्रमा धकेल्न सक्छ: प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीले भोलि चुनावबारे १२३ दलहरूसँग छलफल गर्दै