काठमाडौँ । विभिन्न ६ वटा निर्णय गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सकिएको छ ।
माओवादी नेता रहिश साहका अनुसार आगामी मंसिर चौथो सातासम्म विशेष महाधिवेशन गर्ने ‘प्रचण्ड’को प्रतिबद्धता छ । ‘यसबीचमा अन्य पार्टीसँग एकता भए एकता महाधिवेशन गर्ने । त्यो अवस्थामा पार्टीको नाम समेत फेरिन सक्छ,’ साहले भने ।
यी लगायतका निर्णय गर्दै बिहीबार सुरु भएको माओवादीको केन्द्रीय समितिको बैठक सकिएको हो ।
माओवादी केन्द्रीय समितिले ‘प्रचण्ड’को संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण हुने, पदाधिकारी नै आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने र महाधिवेशन आगामी मंसिरमा गर्ने, पार्टीभित्रका नेता-कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने, नेपोटिज्मको आरोप माओवादीमाथि पनि रहेकोले कार्यविधि बनाएर पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने, संस्कार, कार्यशैली र चालचलन सम्बन्धी नीति बनाउने, जेन जेडलाई पार्टीका सबै कमिटीमा अधिकतम सहभागी गर्ने, युवाहरूलाई प्राथमिकता दिने, आईटीका कामलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने र अध्यक्ष ‘प्रचण्ड’को प्रस्ताव परिमार्जनसहित पारित, वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेको प्रस्तावलाई समेत समेट्ने । महाधिवेशनसम्म छलफल गर्दै जाने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० असोज २०८२, १९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
माओवादीको महाधिवेशन आयोजक समिति बैठक बस्दै, एकताको सहमति अनुमोदन गर्ने