काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गरेका छन् ।
जेनजी प्रदर्शनको क्रममा प्रदर्शनकारीहरूले लाजिम्पाटस्थित ब्युरोको कार्यालयमा तोडफोड गरेका थिए । ब्युरोको आर्थिक अपराध अनुसन्धान महाशाखामा रहेको कागजात प्रदर्शनकारीले जलाएका थिए ।
सीआईका अधिकृतहरूलाई निर्देशन दिँदै गृहमन्त्री अर्यालले अपराध अनुसन्धानमा अब ब्रेक थ्रु हुने बताएका छन् । ब्युरोको अनुगमन पछि अर्यालले भने, ‘अब ब्रेक थ्रु हुन्छ ।’
मन्त्रिपरिषद्ले सीआईबीको प्रमुखमा एआईजी डा. मनोज केसीलाई सरुवा गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कमान्ड गरेका केसीले जिम्मेवारी समालेपछि ब्युरोमा पुगेका अर्यालले राजनीतिक कनेक्सनको आधारमा रोकिएका वित्तीय अपराध र भ्रष्टाचारको अनुसन्धानमा अघि बढ्ने बताए । उनले भने, ‘राजनीतिक कनेक्सनको आधारमा अवरोध आइरहेको अनुसन्धान अघि बढ्छ ।’
भ्रष्टाचारबारे केही सूचना चुहिएको उल्लेख गर्दै अर्यालले अन्तरिम सरकारको पहिलो सर्त सुशासन भएको बताए । उनले भने, ‘अनुसन्धानमा हुने अवरोध हटाउनुपर्छ, हामीले सुशासन प्रवर्द्धन गर्ने हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० असोज २०८२, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव