काठमाडौ । जेनजी विद्रोहपछिका राजनीतिक घटनाक्रमबारे कार्यदिशा तय गर्न नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे पेरिसडाँडामा सुरु हुनेछ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरेको केन्द्रीय समिति विघटन र मंसिरमा विशेष महाधिवेशन गर्ने विषय प्रमुख एजेण्डा रहनेछ। यससँगै महाधिवेशन तयारी कार्यविधि र आगामी दिनमा पार्टीले लिने राजनीतिक मार्गदर्शनबारे पनि छलफल हुने जनाइएको छ।
यसअघि बसेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले मौजुदा केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशनमा जाने प्रस्ताव राखेका थिए। सो प्रस्तावलाई आधिकारिक रूप दिन भोलि बस्ने केन्द्रीय समिति बैठकका लागि एजेण्डा तय गरिने एक नेताले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ असोज २०८२, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था