ओली र लेखकलाई कारवाहीको माग गर्दै शान्ति समाजले भन्यो ‘न्यायिक जाँचबुझ आयोग आवश्यक’

सफल खबर संवाददाता

आइतबार, ०५ असोज २०८२, १३ : २७
ओली र लेखकलाई कारवाहीको माग गर्दै शान्ति समाजले भन्यो ‘न्यायिक जाँचबुझ आयोग आवश्यक’

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले भदौ २३ गते अन्धाधुन्ध गोली चलाएर निहत्था नागरिकको हत्या भएकोमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई जिम्मेवार बनाएर कानूनी कारबाही थाल्न माग गरेको छ ।

शान्ति समाजकी अध्यक्ष रेनुका पौडेलले वक्तव्य जारी गर्दै भदौ २४ मा तत्कालीन सरकारले आत्मसमर्पण गरिसकेको अवस्थामा भएको सार्वजनिक सम्पत्ति तोडफोड,हिंसा र लुटपाटका घटनामा संलग्नहरूको पहिचान गरी दण्डित गर्न समेत माग गरेकी छन् ।

शान्ति समाजले उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेर भविष्यमा यस्ता प्रवृत्ति संस्थागत हुन नदिन ध्यानाकर्षण समेत गराएको छ । समाजले पूर्व विशिष्टहरूलाई उपलब्ध गराउँदै आएको सेवा सुविधा तत्काल कटौती गर्न र भागबण्डाको अन्त्य गर्न पनि ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस