काठमाडौ । मतदाता नामावली दर्ता कार्यक्रम सञ्चालन गर्न सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ । करिब छ महिनादेखि मतदाता नामावली सङ्कलन कार्यक्रम रोकिएको छ ।
गृह तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले आयोगका पदाधिकारीसँगको छलफलमा मतदाता नामावली सङ्कलनमा देखिएका कानुनी अड्चन अध्यादेश ल्याएर फुकाउने बताएका छन् ।
मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) मा ‘निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन’ को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख छ । गोरखापत्रमा खबर छ ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०३ असोज २०८२, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपुरमा थपिए नौ हजार मतदाता
डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिए
कास्कीमा थपिए १७ हजार ७८६ मतदाता
कोशीमा मतदाता नामावलीका लागि एक लाख ५७ हजारको निवेदन
प्रतिनिधिसभा निर्वाचन : तनहुँमा आठ हजार ३६६ मतदाता थपिए
आठ लाख ३७ हजार नयाँ मतदाता थपिए