काठमाडौं । सरकार विस्तार नहुँदै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग भएको छ । आफैले प्रधानमन्त्री प्रस्ताव गरेको जेनजी समुहभित्रको पनि सुदन गुरुङ समुहले दुई दिनमै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका हुन् ।
लासमाथी राजनीति गरेको, आफुहरुको आन्दोलन हाइज्याक गरेको र त्यसै गरी चले जसरी प्रधानमन्त्रीको कुर्शीमा लगेर राखिएको थियो, त्यसैगरी सडकमा ल्याउने चेतावनी दिँदै मध्यरात प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडी गुरुङ नेतृत्वको समुहले नारावाजी गरेको थियो ।
राती नै उनले आफनो हामी नेपाली समुहका युवाहरु लगेर बालुवाटारमा नारावाजी गरेपछि त्यहाँको सुरक्षाब्यवस्था कडा पारिएको थियो । माध्यरातको नारावाजीको नेतृत्व गदैं सुदन गुरुङले भनेका छन्, ‘सबसे पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु ।’
दिउँसो मात्रै उनै गुरुङले प्रधानमन्त्रीलाई भेटन कुनै प्रोटोकल पार गरिरह्न नपर्ने र सर्वसाधारण जो कोहीले पनि सहज भेटन पाउने भन्दै आफुहरुले सुशीला कार्की नेतृत्वको त्यस्तो सरकार बनाएको दावी सुदन गुरुङले गरेका थिए । यो समुह कार्की नेतृत्वको सरकारमा आफनो पक्षका मान्छे राखेर सरकार विस्तार गर्न चाहिरहेको छ । तर कार्कीले कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्याललाई पहिलो चरणमा मन्त्री बनाउने, उपप्रधानमन्त्री नराख्ने र मन्त्रीको संख्याप नि १५ भन्दा बढी नबनाउने गरी तयारी गरेपछि गुरुङ समुह चिढिएको हो ।
कार्कीले दुर्गा प्रसाईं समूहको सिफारिसमा एकजना, जेन–जी समूहबाट एकजना र बालेनको तर्फबाट एक जना, अर्थमन्त्री बनाउन लागेका रामेश्वर खनालको तर्फबाट अर्का एक जना लगायत समुह मिलाएर उपयुक्त व्यक्तिलाई मन्त्री बनाउने तयारी गरेका थिए ।
त्यही क्रममा उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओम प्रकाश अर्याललाई गृह मन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्री र विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई ऊर्जा मन्त्रीमा नियुक्त गरेको समाचार बाहिरिएको थियो ।
त्यसपछि गुरुङ समुह प्रधानमन्त्री बस्ने सरकारी निवास बालुवाटार पुगेर मध्यरात नाारवाजीमा उत्रेका हुन् । उनीहरुको सबैभन्दा बढी गुनासो ओमप्रकाश अर्याललाई गृहमन्त्री बनाएकोमा छ । अर्याल कार्कीलाई प्रधानमन्त्री बनाउने खेलसम्म सेना र राष्ट्रपतिसँग निरन्तर सम्वादमा रहँदा गुरुङ समुहले नै साथ दिँदै आएको थियो । तर जव उनको नाम गृहमन्त्रीमा आयो, त्यसपछि गुरुङ समुहले आफुहरुको आन्दोलन हाइज्याक भएको र लाशमाथी सुशीला कार्कीले अर्यालहरुसँग मिलेर राजनीति गर्न थालेको आरोप लगाएर बालुवाटारमा प्रर्दशन गरेका हुन् ।
राती नै उनले आफनो हामी नेपाली समुहका युवाहरु लगेर बालुवाटारमा नारावाजी गरेपछि त्यहाँको सुरक्षाब्यवस्था कडा पारिएको थियो । माध्यरातको नारावाजीको नेतृत्व गदैं सुदन गुरुङले भनेका छन्, ‘सबसे पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु ।’
गुरुङले ओमप्रकाश अर्यालको नामै लिएर आक्रोश पोखेका थिए । ‘यो ओमप्रकाश लयर आफैंले गृहमन्त्री बनाउँदो रहेछ त्यहाँ भित्र बसेर, यो मान्य हुँदैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० भदौ २०८२, ०९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजी क्षेत्रको सुरक्षाका लागि गृहमन्त्रीको निर्देशन
जेनजीको नाममा धम्क्याउनेलाई नियन्त्रणमा लिने गृहमन्त्रीको चेतावनी
गृहमन्त्री र चिनियाँ राजदूतबीच भेट
गृहमन्त्रीसँग पाँच देशका राजदूतको भेट
सीआईबीमा पुगेर गृहमन्त्रीले किन यस्तो भने ?
प्रहरीलाई गृहमन्त्रीले भने - म अहिंसावादी हुँ, तपाईँहरू पनि त्यसैगरी पेश हुनुस्