काठमाडौं । सरकार विस्तार नहुँदै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग भएको छ । आफैले प्रधानमन्त्री प्रस्ताव गरेको जेनजी समुहभित्रको पनि सुदन गुरुङ समुहले दुई दिनमै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका हुन् ।
लासमाथी राजनीति गरेको, आफुहरुको आन्दोलन हाइज्याक गरेको र त्यसै गरी चले जसरी प्रधानमन्त्रीको कुर्शीमा लगेर राखिएको थियो, त्यसैगरी सडकमा ल्याउने चेतावनी दिँदै मध्यरात प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडी गुरुङ नेतृत्वको समुहले नारावाजी गरेको थियो ।
राती नै उनले आफनो हामी नेपाली समुहका युवाहरु लगेर बालुवाटारमा नारावाजी गरेपछि त्यहाँको सुरक्षाब्यवस्था कडा पारिएको थियो । माध्यरातको नारावाजीको नेतृत्व गदैं सुदन गुरुङले भनेका छन्, ‘सबसे पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु ।’
दिउँसो मात्रै उनै गुरुङले प्रधानमन्त्रीलाई भेटन कुनै प्रोटोकल पार गरिरह्न नपर्ने र सर्वसाधारण जो कोहीले पनि सहज भेटन पाउने भन्दै आफुहरुले सुशीला कार्की नेतृत्वको त्यस्तो सरकार बनाएको दावी सुदन गुरुङले गरेका थिए । यो समुह कार्की नेतृत्वको सरकारमा आफनो पक्षका मान्छे राखेर सरकार विस्तार गर्न चाहिरहेको छ । तर कार्कीले कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्याललाई पहिलो चरणमा मन्त्री बनाउने, उपप्रधानमन्त्री नराख्ने र मन्त्रीको संख्याप नि १५ भन्दा बढी नबनाउने गरी तयारी गरेपछि गुरुङ समुह चिढिएको हो ।
कार्कीले दुर्गा प्रसाईं समूहको सिफारिसमा एकजना, जेन–जी समूहबाट एकजना र बालेनको तर्फबाट एक जना, अर्थमन्त्री बनाउन लागेका रामेश्वर खनालको तर्फबाट अर्का एक जना लगायत समुह मिलाएर उपयुक्त व्यक्तिलाई मन्त्री बनाउने तयारी गरेका थिए ।
त्यही क्रममा उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओम प्रकाश अर्याललाई गृह मन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्री र विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई ऊर्जा मन्त्रीमा नियुक्त गरेको समाचार बाहिरिएको थियो ।
त्यसपछि गुरुङ समुह प्रधानमन्त्री बस्ने सरकारी निवास बालुवाटार पुगेर मध्यरात नाारवाजीमा उत्रेका हुन् । उनीहरुको सबैभन्दा बढी गुनासो ओमप्रकाश अर्याललाई गृहमन्त्री बनाएकोमा छ । अर्याल कार्कीलाई प्रधानमन्त्री बनाउने खेलसम्म सेना र राष्ट्रपतिसँग निरन्तर सम्वादमा रहँदा गुरुङ समुहले नै साथ दिँदै आएको थियो । तर जव उनको नाम गृहमन्त्रीमा आयो, त्यसपछि गुरुङ समुहले आफुहरुको आन्दोलन हाइज्याक भएको र लाशमाथी सुशीला कार्कीले अर्यालहरुसँग मिलेर राजनीति गर्न थालेको आरोप लगाएर बालुवाटारमा प्रर्दशन गरेका हुन् ।
राती नै उनले आफनो हामी नेपाली समुहका युवाहरु लगेर बालुवाटारमा नारावाजी गरेपछि त्यहाँको सुरक्षाब्यवस्था कडा पारिएको थियो । माध्यरातको नारावाजीको नेतृत्व गदैं सुदन गुरुङले भनेका छन्, ‘सबसे पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु ।’
गुरुङले ओमप्रकाश अर्यालको नामै लिएर आक्रोश पोखेका थिए । ‘यो ओमप्रकाश लयर आफैंले गृहमन्त्री बनाउँदो रहेछ त्यहाँ भित्र बसेर, यो मान्य हुँदैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० भदौ २०८२, ०९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव