काठमाडौं । तिब्बती धार्मिक गुरु दलाई लामाले नेपालकी अन्तरिम प्रधानमन्त्रीमा नियुक्त भएको अवसरमा सुशीला कार्कीलाई बधाई दिएका छन् ।
शनिबार लामाको कार्यालयमार्फत् सार्वजनिक सन्देशमा भनिएको छ, ‘तपाईंलाई थाहै छ, नेपाली र तिब्बती जनता ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्धमा बाँधिएका छन् ।’
उनले थपेका छन्, ‘म सन् १९५९ पछि तिब्बतबाट जबरजस्ती भाग्नुपरेपछि तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि नेपाल सरकारले र नेपाली जनताले उपलब्ध गराइदिएको सुविधाका लागि निकै आभारी छु । वास्तवमै, तिब्बती समुदाय तुलनात्मक रूपमा सानो भए तापनि, नेपालको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान दिइरहेको विश्वास गर्छु।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ भदौ २०८२, १८ : ५७
लेखकबाट थप