जनकपुर। जेनजीले मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा गरेका छन्।
जनकपुरधामस्थित मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा मंगलबार बिहान ढुंगामुढा भएको हो।
सरकारी दमनको विरुद्धमा बिहानैदेखि युवा विद्यार्थीले जनकपुरमा पनि प्रदर्शन गरिरहेका छन्। आन्दोनलकारीले रौतहटको चन्द्रपुर नगरपालिका कार्यालयमा पनि तोडफोड गरेका छन्।
सामाजिक सञ्जालमा गरिएको प्रतिबन्ध, भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले सोमबार गरेको प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर काठमाडौँमा १७ र सुनसरीको इटहरीमा २ गरि १९ जनाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ भदौ २०८२, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस सबै समुदायको साझा घर हो, विभाजनले समाजलाई कमजोर बनाउँछ : मुख्यमन्त्री यादव
गृहमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको प्रश्न- ठूला दललाई पाखा राखेर चुनाव हुन्छ ?
विश्वासको मत लिँदै मधेश प्रदेशका मुख्यमन्त्री
मधेस सरकारमा यसरी मिल्यो भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्री, जसपालाई सभामुख, नेकपालाई तीन मन्त्रालय
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ आइतबार
मधेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता यादव नियुक्त