काठमाडौं । नेकपा एमालेभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने आवाज बढेको छ ।
ओलीले सोमबार आन्दोलनमा घुसपैठ भएको र आफुले राजीनामा नदिने बताएपछि एमालेका केही नेताहरुले उनले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । उनको राजीनामा माग गर्नेमा केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिना लगायतका नेताहरु छन् । कतिपयले ओलीले अझै नैतिकता नदेखाउने भए एमालेमा नरहने भन्दै धमाधम एमाले छोडनेको लर्काे पनि लाग्न थालेको छ ।
ओलीको झोले नबन्ने भन्दै धमाधम युवा विधार्थीहरुले एमाले छोडेको घोषणा गर्ने क्रम बढेको छ । ओलीले केही समय अगाडी म झोले हुँ भन्दै आफना नेता कार्यकर्तालाई परिचालन निति लिएका थिए । झोले भनेको विवेक सून्य हो । पार्टीले जे भन्यो त्यसको सही गलत नहेरी पछि दगुर्ने कार्यकर्तालाई झोले भन्ने हो ।
झोले कार्यकर्ता नहुने भन्दै एमालेका युवा विधार्थीहरुले धमाधम राजीनामा दिन थालेका छन् । एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेलले एमालेको पार्टी सदस्यता परित्याग गरेको घोषणा गरेका छन्।
खरेलले सोमबार साँझ सामाजिक सञ्जालमा लेख्दै नेकपा एमालेसँगको सम्पूर्ण सम्बन्ध विच्छेद गरेको घोषणा गरेका हुन्। उनी एमालेको गँउपालिका अध्यक्षका छोरा पनि हुन् ।
‘आजको दिनदेखि म नेकपा एमालेसँगको मेरो सम्पूर्ण सम्बन्ध विच्छेद भएको घोषणा गर्दछु,’ खरेलले लेखेका छन्। त्यस्तै, त्रिभुवन विश्वविद्यालयका स्ववियु सभापति पदका उम्मेदवार सिद्दान्त भटट्ले एमाले र अनेरास्ववियुको कुनै जिम्मेवारीमा नरहने घोषणा गरेका छन् । प्रेस चौतारीको आर्थिक शाखाका अध्यक्ष मनोज घोरासैनी, कोषाध्यक्ष आशुतोष आत्रेयले पनि पदमा नरहने घोषणा गरेका छन् ।
कतिपय जिल्लाबाट एमाले नेता कार्यकर्ताले पार्टी छोडने लहर बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ भदौ २०८२, ०९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली र लेखकलाई पक्राउ गरेकोप्रति एमालेको आपत्ति, तत्काल रिहाइ गर्न संसद्बाट माग
एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन
एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने
एमाले दलकाे नेतामा भएन सहमति, थापा र नेम्वाङबीच प्रतिस्पर्धा
संसद अधिवेशनअघि एमाले संसदीय दलको बैठक आज
ओली पक्राउबारे छलफल गर्न एमालेले बोलायो संसदीय दलको बैठक