काठमाडौं। जेन जी पुस्ताको आन्दोलन उग्र भएपछि सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका हुन्।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक साँझ ५ बजे सभापति देउवा निवास बुढानीलकण्ठमा बस्नेछ। आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका सभापति देउवालाई भेटेर सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र जेन जी पुस्ताको आन्दोलनबारे जानकारी गराएका थिए।
महामन्त्रीद्वयको दबाबपछि देउवाले प्रधानमन्त्री केपी ओलीसँग कुरा गरेर समस्याको समाधान गर्ने जवाफ दिएका थिए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ भदौ २०८२, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवाले बोलाए उपसभापति र महामन्त्रीलाई छलफलमा
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रको पदाधिकारी बैठक जारी
कांग्रेस पदाधिकारी बैठकमा रुपन्देही-३ को उपनिर्वाचनबारे छलफल
कांग्रेस पदाधिकारी बैठक सुरु
देउवाले बोलाए पदाधिकारी बैठक