काठमाडौं । नेपाली कांग्रेसले आजको बैठकमा मन्त्री फेरबदलको विषयमा कुनै छलफल नै नभएको जनाएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता अर्जुननरसिंह केसीले मन्त्री फेरबदलको विषयमा कुनै कुरा नभएको बताए ।
उनले कात्तिक १७ गते हुने रुपन्देही ३ को उपनिर्वाचनबारे प्रारम्भिक रूपमा छलफल भएको उनले बताए । रुपन्देही ३ मा बालकृष्ण खाणको सम्भावनाबारे उनले भने, ‘नामबारे कुनै चर्चा चलेको छैन । सम्भावना ककसको हुन्छ अहिले भन्न सकिँदैन, उहाँको पनि हुनसक्ला। तर अहिले पार्टीभित्र एकताबद्ध भएर कसरी जाने भन्नेमा केन्द्रित हुनुहुन्छ।’
बैठकमा जिल्ला सभापति, प्रदेश सभापति र नेता खाणले पनि वस्तुस्थितबारे जानकारी गराएको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० साउन २०८२, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?