काठमाडौं । नेपाली कांग्रेसले आजको बैठकमा मन्त्री फेरबदलको विषयमा कुनै छलफल नै नभएको जनाएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता अर्जुननरसिंह केसीले मन्त्री फेरबदलको विषयमा कुनै कुरा नभएको बताए ।
उनले कात्तिक १७ गते हुने रुपन्देही ३ को उपनिर्वाचनबारे प्रारम्भिक रूपमा छलफल भएको उनले बताए । रुपन्देही ३ मा बालकृष्ण खाणको सम्भावनाबारे उनले भने, ‘नामबारे कुनै चर्चा चलेको छैन । सम्भावना ककसको हुन्छ अहिले भन्न सकिँदैन, उहाँको पनि हुनसक्ला। तर अहिले पार्टीभित्र एकताबद्ध भएर कसरी जाने भन्नेमा केन्द्रित हुनुहुन्छ।’
बैठकमा जिल्ला सभापति, प्रदेश सभापति र नेता खाणले पनि वस्तुस्थितबारे जानकारी गराएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० साउन २०८२, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने