काठमाडौँ। नेकपा (एमाले) को जारी विधान महाधिवेशनको तेस्रो दिन समूहगत छलफल प्रतिवेदन प्रस्तुतीकरण भइरहेको छ ।सो क्रममा समूहका नेताले भावी अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन् ।
आइतबार बिहान सनराइज सभाहल गोदावरी, ललितपुरमा पेश गर्दै समूहगत नेताहरूले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनसहित आयोगका प्रतिवेदनहरूमा केही सुझावसहित निष्कर्ष सुनाइरहेका छन् ।
प्रतिवेदन पेश गर्दै सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले भने, ‘प्रस्तुत प्रतिवेदनमा पूर्ण सहमति छ । अहिले पार्टी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओलीको विकल्प नरहेको निष्कर्ष हाम्रो समूहको ठहर हो ।’
त्यसैगरी कर्णाली प्रदेशका अध्यक्ष तथा समूहगतका नेता गुलाबजंग शाहले भने,‘अहिले नेतृत्वलाई थप स्थापित गर्ने समय हो । पार्टी भावी नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प छैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ भदौ २०८२, १५ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नेपालको चुनावी परिणाम पनि बांङ्लादेशको जस्तै हुन्छ’: ओली
एमाले अध्यक्ष ओली आज झापाका ११ कार्यक्रममा सहभागी हुँदै
‘अब घरघरमा पाइपबाट ग्यास पुर्याउन सकिन्छ, सिलिन्डर पनि चाहिँदैन’: ओली
‘समृद्ध नेपाल, सुखी नेपालीको नारा वेदबाट लिएको हुँ’ : ओली
एमाले अध्यक्ष ओली आज झापा जाँदै
प्रधानमन्त्री कार्की र ओलीबीच छलफल