‘जेनी जी’ को आन्दोलनमा मिसिने दुर्गा प्रसाईंको घोषणा

सफल खबर संवाददाता

आइतबार, २२ भदौ २०८२, १४ : ०२
‘जेनी जी’ को आन्दोलनमा मिसिने दुर्गा प्रसाईंको घोषणा

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईँले ‘जेन जी’ नाममा भोली काठमाडौँमा हुन लागेको आन्दोलनमा मिसिने घोषणा गरेका छन् । उनले यो आन्दोलनमा चैत १५ गतेजस्तो दमन नगर्न सरकारलाई चेतावनीसमेत दिएका छन् ।

सामाजिक सञ्जाल बन्दको विरुद्धमा हुन लागेको स्वत:स्फूर्त आन्दोलनमा राजावादी अभियन्ता प्रसाईँ सहभागी हुने भएका हुन् । ३ वर्षअघि आफूले उठाएको आवाजलाई आज फेसबुक, टिकटकदेखि सम्पूर्ण सञ्चार जगतले पुनः दोहोर्‍याएको भन्दै उनले धन्यवाद दिएका छन् ।

प्रसाईँले प्रतिबन्धित फेसबुकमा लेखेका छन्, ‘२२ रुपियाँको भुक्के चप्पलमा सिंहदरबार छिरेका नेताहरूका छोराछोरी आज करोडौँको घडी, लाखौँको जुत्ता-चस्मा र लुइभ्यानटका ४० लाख पर्ने झोला बोकेर हिँडिरहेका छन्। विदेशसम्म-अमेरिका, युरोप, अष्ट्रेलिया, कम्बोडिया सम्म भ्रष्टाचारको सम्पत्ति बगिरहेको प्रमाणसहित आवाज उठाउँदा मलाई कारागार धकेलियो। राजनीतिक दल र सञ्चार जगतले मलाई हेला गरे, तर आज सत्यको पक्षमा जनचेतना जाग्दै गएको छ। म यस कुरामा धेरै खुसी छु १’

प्रतिक्रिया दिनुहोस