काठमाडौँ। यो साता सेयर बजार ६२ अंक अर्थात् २.२२ प्रतिशत घटेको छ ।
गत साता २७८१ अंकमा रहेर बन्द भएको सेयर बजार यो साता २७१९ मा छ । बजारको यो अंक करिब २ महिनाकै न्यून हो ।
साउन १३ गते ३००२ अंकमा पुगेको बजार त्यसयता घट्दो क्रममा रहेर न्यूनतम बिन्दुमा झरेको छ ।
यो साता पहिलो दिन आइतबार ३१.१८ अंक घटेको बजार सोमबार १२.०३ अंक बढ्यो । मंगलबार १९.८९ अंक घटेको बजार बुधबार १५.६४ अंक घट्यो भने बिहीबार ६.५५ अंक घट्यो ।
आइतबार ६ अर्ब ६ करोडको कारोबार भएकोमा सोमबार ५ अर्ब १० करोडको भयो । मंगलबार ४ अर्ब ३८ करोड, बुधबार ४ अर्ब ७२ करोड तथा बिहीबार ५ अर्ब १४ करोडको भयो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० भदौ २०८२, १६ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
बढ्यो सेयर बजार, बैंकिङमा उच्च वृद्धि
२८ सयमुनि झर्यो सेयर बजार
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक
दोहोरो अंकले बढ्यो नेप्से
१० अंक बढ्यो सेयर बजार