ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन सुरु भएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित महाधिवेशन सुरु भएको हो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज ललितपुरको सनराइज सभा हलमा महाधिवेशनको उद्घाटन गरेका छन् ।
ललितपुरको गोदावरी मूल सडकदेखि सभा हल छिर्ने प्रवेशद्वारसम्म महाधिवेशन प्रतिनिधि, पर्यवेक्षकलगायतलाई स्वयंसेवकहरूले व्यवस्थापन तथा सहजीकरण गरिरहेका छन् । महाधिवेशन हलमा ठूलो डिजिटल बोर्ड अगाडि १८ पदाधिकारीका लागि कुर्ची व्यवस्थित गरिएको छ । दुवैतिर पार्टीको झण्डा र राष्ट्रिय झण्डाले मञ्च सजाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० भदौ २०८२, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनलाई बतासे अण्डाको संज्ञा दिँदै ओलीले भनेः देश जलाउने शक्तिबाट चल्ला निस्किँदैन
राज्य संयन्त्रबाट अपमानजनक व्यवहार भएको ओलीको आरोप
अराजक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याएरै छाड्ने ओलीको दाबी
ओलीले गरे झापा-५ बाट उम्मेदवारी दर्ता
देउवाले आधिकारिकता गुमाउँदा एमालेको चिन्ता, लोकतान्त्रिक मूल्य-मान्यतामाथि प्रहार भएको ओलीको निष्कर्ष
२३-२४ भदौको घटनाबारे मानव अधिकार आयोगले लियो ओलीको बयान