१९.८९ अङ्कले घट्यो सेयर बजार, ४ अर्ब ४३ करोडको कारोबार

सफल खबर संवाददाता

मंगलबार, १७ भदौ २०८२, १५ : ४७
१९.८९ अङ्कले घट्यो सेयर बजार, ४ अर्ब ४३ करोडको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.८९ अङ्कले ओरालो लागेको छ । साताको तेस्रो दिन बजार परिसूचक घटेर २७४१.९७ विन्दुमा झरेको हो । यस दिनको कारोबारमा कुल ४ अर्ब ४३ करोड ८२ लाख बराबरको सेयर किनबेच भयो । 

बजारमा आज घट्ने कम्पनीहरूको बाहुल्यता रह्यो । आज कारोबार भएकामध्ये कुल २९ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा २२१ कम्पनीको मूल्यमा भने गिरावट आएको छ । कुनै पनि कम्पनीको सेयर मूल्य अपरिवर्तित रहेन ।

आज बजारमा सबैभन्दा धेरै कमाउने कम्पनीहरूको सूचीमा हिमस्टार ऊर्जा कम्पनी रह्यो । उक्त कम्पनीको शेयर ९.९८ प्रतिशतको वृद्धि भएको छ । त्यसैगरी ग्लोबल आईएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक लगायतका ऋणपत्रहरूमा उच्च वृद्धि देखियो । बजारमा आज उन्नति सहकार्य लघुवित्तको सेयर सर्वाधिक अङ्कले घट्यो । 

 

प्रतिक्रिया दिनुहोस