एजेन्सी । गाजा पट्टीमा इजरायली सेनाको आक्रमणमा कम्तिमा ५० प्यालेस्टिनीहरू मारिएको गाजाको नागरिक रक्षा विभागले जनाएको छ । गाजामा नागरिक रक्षा विभागका प्रवक्ता महमूद बसालले बताएअनुसार दक्षिणी गाजाको खान युनिसका धेरै क्षेत्रहरूमा विस्थापित व्यक्तिहरूलाई बसोबास गर्ने पालहरूलाई लक्षित गरी इजरायली गोलाबारी गर्दा १२ प्यालेस्टिनीहरू मारिएका छन् । बसालले इजरायली विमानले बुरेइज शरणार्थी शिविरको एउटा घरलाई लक्षित गर्दा ६ जनाको मृत्यु भएको बताउनु भयो ।
मध्य गाजाको अल–नुसेरातको पश्चिममा रहेको अल–सावरा क्षेत्रमा रहेको उनीहरूको पाललाई लक्षित गरी गरिएको हवाई आक्रमणमा एक पुरुष र उनकी श्रीमतीको मृत्यु भएको छ । गाजा शहरको दक्षिणमा रहेको अल–सब्रा छिमेकमा रहेको आवासीय घरमा इजरायली हवाई आक्रमणमा सात जनाको मृत्यु भएको छ । बसालकाअनुसार शहरको उत्तरमा रहेको अल–सफ्तावी क्षेत्रमा इजरायली तोपखानाको गोलाबारीबाट सात जनाको मृत्यु भएको छ । मध्य गाजाको देइर अल–बलाह शहरमा विस्थापित व्यक्तिहरूलाई बस्ने गोदाममा इजरायली हेलिकप्टरहरूले निशाना बनाउँदा दुई महिलाको मृत्यु भएको छ ।
अल–जला र अल–जैतुन छिमेकमा रहेको आवासीय अपार्टमेन्ट र प्यालेस्टिनीहरूको भेलामा इजरायली हवाई आक्रमणमा छ जनाको मृत्यु भएको बताउनु भयो । बसलकाअनुसार मध्य र दक्षिणी गाजामा नेत्जारिम र खान युनिस जंक्शनमा सहायता वितरण केन्द्रहरू नजिक आठ जनाको मृत्यु भएको छ ।
यी घटनाहरूमा इजरायली सेनाबाट तत्काल कुनै टिप्पणी आएको छैन । इजरायलले मार्च १८ मा आफ्नो तीव्र सैन्य अभियान पुनः शुरु गरेदेखि, कम्तिमा १० हजार ९७५ प्यालेस्टिनीहरू मारिएका छन् । ४६ हजार ५८८ घाइते भएका छन् । जसले गर्दा अक्टोबर २०२३ मा युद्ध सुरु भएदेखि गाजामा कुल मृत्यु हुनेको संख्या ६२ हजार ८१९ पुगेको छ । जसमा कुल १ लाख ५८ हजार ६२९ जना घाइते भएका छन्, गाजाका स्वास्थ्य अधिकारीहरूले मंगलवार जारी गरेको तथ्याङ्कले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १२ भदौ २०८२, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
गाजा इजरायल शान्ति योजना अनुमोदन, ७२ घण्टापछि २० बन्धक रिहा हुने
इजरायलले गाजामा गरेको आक्रमणमा ८० भन्दा बढी प्यालेस्टिनी मारिए
गाजामा इजरायली आक्रमण : एकै परिवारका कम्तीमा २५ जनाको मृत्यु
गाजामा युद्धविराम र बन्धक रिहाइको माग गर्दै इजरायलमा हजारौँ मानिस सडकमा
गाजामा इजरायली सेनाद्वारा ३० प्यालेस्टाइनीको हत्या