काठमाडौं । चर्को हर्नमा मोटरसाइकल नचलाउ भन्दा स्याङ्जामा एक युवकको हत्या भएको छ ।
वालिङ नगरपालिका–५ बाहुनडाँडा ३२ वर्षीय ढालबहादुर थापाको हत्या भएको हो । थापाले चर्को हर्नमा मोटरसाइकल नचलाउ भन्दा कुटपिट गरेर युवाहरुको समूहले हत्या गरेको प्रहरीले बताएको छ ।
हत्या आरोपमा प्रहरीले आइतबार ८ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा हरिनास गाउँपालिका–५ बस्ने २२ वर्षीय सिजन थापा, २० वर्षीय विवेक मानन्धर, २३ वर्षीय गोरे भन्ने गुरू प्रसाद लम्साल, २३ वर्षीय विश्वास वाग्ले, १७ वर्षीय किशोर, सोही नगरपालिका–६ बस्ने २२ वर्षीय निशान थापा, चापाकोट नगरपालिका–५ बस्ने २४ वर्षीय अनिल शाही ठकुरी र १८ वर्षीय किशोर रहेका छन् ।
वालिङ नगरपालिका–५ जर्कोटस्थित मोटरसाइकल चर्को आवाजमा चलाएको विषयमा वादविवादको क्रममा ढाल बहादुरलाई शनिबार राति कुटपिट गर्दा गम्भीर घाइते बनाइएको थियो ।
उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएकोमा उपचारको क्रममा उनको आइतबार बिहान थापाको मृत्यु भएको हो । अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जा, वडा प्रहरी कार्यालय वालिङ समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई स्याङ्जा जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० भदौ २०८२, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ललितपुरमा एक महिलाको हत्या, श्रीमान पक्राउ
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ
जनकपुरमा एक युवतीको हत्या, २ जना घाइते
दाजुको हत्या गरी फरार युवक पक्राउ
आफ्नै घरमा मृत भेटिइन् महिला, हत्याको आशंका
सुर्खेतमा श्रीमानद्वारा श्रीमतीको हत्या