काठमाडौं । चीनको तियान्जिनमा हुने सांघाई कोअपरेसन संगठन (एससीओ) को शिखर सम्मेलनका क्रममा नेपाल, भारत र चीनका कार्यकारीका बीच त्रिपक्षिय बैठकको गृहकार्य शुरु गरिएको परराष्ट्र मन्त्रालयले बताएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली भदौं १४ मा त्यसतर्फ प्रस्थान गदैछन् । नेपाललाई बाहिर राखेर नेपालको भूमिबाट चीन र भारतबीच लिपुलेक पास नाका खोल्ने सहमति भएपछि नेपाल आक्रोशित छ । नेपालले यो विषयमा दहो अडान र असहमति राख्नुपर्ने आवाज उठिरहेका बेला नेपालका प्रधानमन्त्री ओलीको चीन र लगत्तै भदौं अन्तिम साता भारत भ्रमण हुन लागेको हो ।
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । ओली भदौं १५ र १६ गते दुई दिन चल्ने सांघाई सहयोग संगठन (SCO) को राष्ट्र प्रमुख परिषद्को २५ औं बैठक र “SCO प्लस“ बैठकमा भाग लिन भदौं १४ चीनको औपचारिक भ्रमणमा जाँदै छन् ।
यस अगाडी यस्तो त्रिपक्षिय भेट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रच्ण्ड प्रधानमन्त्री भएका बेला भएको थियो । प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बनेका बेला प्रचण्ड, मोदी र सी जिङपिङसँग त्रिपक्षिय भेट भएको थियो । त्यसबेलाको यस्तो विरलै भेट अहिलेसम्म हुन सकेको छैन । अहिले ओली पनि त्यस्तै भेटको लागि प्रयासरत छन् ।
उक्त शिखर सम्मेलनमा अन्य देशका कार्यकारी प्रमुखहरुको पनि उपस्थिती रहनेछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमेत उक्त कार्यक्रममा सहभागी हुन चीन पुग्दैछन् ।
परराष्ट्र मन्त्रालयका अनुसार, प्रधानमन्त्री ओली हिमालयन एयरलाइन्सको चार्टर्ड उडानमा चीनको तियानजिन जाने कार्यक्रम छ । उनको साथमा सानो नेपाली प्रतिनिधिमण्डल टोली पनि सँगै रहने छ । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव अमृत बहादुर राई, चीन डिभिजनका प्रभारी सहसचिव भृगु ढुंगाना, शिष्टाचार प्रमुख कुमार खरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, बेइजिङस्थित नेपाली दूतावासका अधिकारीहरू र सुरक्षाकर्मीहरू समावेश हुनेछन् ।
गत वर्ष असार अन्तिममा चौथो पटक प्रधानमन्त्री बनेपछि ओलीको यो दोस्रो चीन भ्रमण हो । यसअघि, ओली २०२४ को डिसेम्बर २ देखि ५ सम्म चीनको औपचारिक भ्रमणमा गएका थिए । SCO शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले SCO प्लस बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङ दुवैलाई साइडलाइनमा भेट्ने कार्यक्रम छ । SCO सदस्य नभएका देशका नेताहरूलाई SCO प्लसमा बोल्न आमन्त्रित गरिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले एससीओ शिखर सम्मेलनको भ्रमणको तयारी अन्तिम चरणमा पुगेको बताए ।
उच्चस्तरीय र साइडलाइन बैठकहरूमा ओलीले एससीओ संवाद साझेदारबाट पर्यवेक्षकमा स्तरोन्नतीको नेपालको चाहनालाई अगाडि बढाउनेछन् । “हामी अन्ततः एससीओ सदस्य बन्न चाहन्छौं, तर त्यहाँ निश्चित प्रक्रिया पालना गर्नुपर्ने हुन्छ, त्यसैले हामी अब पर्यवेक्षक बन्ने प्रस्ताव गरिरहेका छौं,” परराष्ट्र मन्त्रालयका एक कर्मचारीले भने ।
उनका अनुसार नेपालले भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीसँग छुट्टाछुट्टै उच्चस्तरीय बैठकहरूको लागि पहिले नै अनुरोध गरिसकेको छ । भ्रमणको तयारीमा जुटेका परराष्ट्र मन्त्रालयका अर्का कर्मचारीले भने, ‘ओली, मोदी र सी बीच त्रिपक्षीय बैठकको लागि चिनियाँ पक्षबाट प्रस्ताव पनि आएको छ ।’ चिनियाँ पक्षले लामो समयदेखि नेपाल, भारत र चीनबीच त्रिपक्षीय बैठकको लागि जोड दिइरहेको छ ।
स्रोतहरूका अनुसार उनीहरूले दक्षिण एसिया क्षेत्रमा ’चीन, भारत प्लस वान’ प्रस्ताव गरेका छन् । तर विदेश मन्त्रालयका अधिकारीहरूले यस्तो बैठकलाई न त अस्वीकार गरेका छन् न त पुष्टि नै गरेका छन् । “त्रिपक्षीय बैठकका केही संकेतहरू देखिएका छन् । तर केही पनि पुष्टि भएको छैन । यी कुराहरू सामान्यतया अन्तिम समयमा हुन्छन्,” परराष्ट्र मन्त्रालयका ती अधिकारीले बताए ।
यस अगाडी यस्तो त्रिपक्षिय भेट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रच्ण्ड प्रधानमन्त्री भएका बेला भएको थियो । प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बनेका बेला प्रचण्ड, मोदी र सी जिङपिङसँग त्रिपक्षिय भेट भएको थियो । त्यसबेलाको यस्तो विरलै भेट अहिलेसम्म हुन सकेको छैन । अहिले ओली पनि त्यस्तै भेटको लागि प्रयासरत छन् ।
ओलीले मोदी र सीसँगको भेटघाटमा लिपुलेकका सन्धर्भमा भारत र चीनबीच भएको हालैको सम्झौतालाई उठाउने अपेक्षा गरिएको छ । “प्रधानमन्त्रीले मोदी र सी दुवैसँगको भेटघाटमा यो विषयलाई उचित महत्त्वका साथ उठाउने तयारी गरिरहेका छन्,” प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।
त्यसैगरी भदौं ३१ बाट सुरु हुने प्रधानमन्त्री ओलीको आगामी भारत भ्रमणका बारेमा पनि चीनमा मोदीसँग केही छलफल हुने बताइएको छ । “यो दुवै प्रधानमन्त्रीका लागि आगामी भारत भ्रमणको बारेमा छलफल गर्न एक उत्कृष्ट मञ्च पनि हुनेछ,” प्रधानमन्त्री कार्यलयका एक कर्मचारीले भने ।
राष्ट्रपति सीसँग प्रधानमन्त्रीले नेपाल र चीनबीच विगतका सम्झौता र सम्झौताहरूको कार्यान्वयन, साथै नयाँ आर्थिक, राजनीतिक र विकाससँग सम्वन्धित मुद्दाहरुमा केन्द्रीत रहेर पनि छलफल गर्नेछन् । नेपाल २०२० देखि एससीओको संवाद साझेदार रहेको छ र यो एससीओ शिखर सम्मेलनमा नेपालबाट पहिलो उच्चस्तरीय सहभागिता हुनेछ ।
ओलीको पुटिनसँग पनि भेट्ने इच्छा
प्रधानमन्त्री ओलीको रुसका राष्टपति पुटिनसँग पनि भेटने इच्छा रहेको छ । त्यसका लागि पनि साइडलाइन वार्ता गर्ने र हुने गरी तयारी गर्न उनले परराष्ट्र अधिकारीहरुलाई निर्देशन गरेका छन् । पुटिन पनि उक्त शिखर सम्मेलनमा सहभागी हुन चीन आउँदैछन् ।
प्रधानमन्त्री ओलीले मोदी, सी र आफनो त्रिपक्षिय भेटवार्ता र रुसका राष्टपति पुटिनसँग साइडलाइन वार्ता गर्न सके आफनो भ्रमण फलदायी हुने अपेक्षासहितको तयारी गर्न परराष्ट्रका अधिकारीहरुलाई निर्देशन गरेको प्रधानमन्त्री कार्यालय स्रोतको भनाई छ । त्यही आधारमा परराष्ट्रले पनि गृहकार्य गरिरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० भदौ २०८२, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति, प्रधानमन्त्री र जेनजी अगुवाबीच शीतल निवासमा बैठक जारी
प्रधानमन्त्रीको प्रेस संयोजकमा रामबहादुर रावल नियुक्त
प्रधानमन्त्रीको नाममा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने
संविधान अनुसार ३५ वर्ष उमेर सिमा तर जेनजीलाई राष्ट्रिय सभामा लैजान प्रधानमन्त्रीको हारगुहार
प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच रिक्त हुने सदस्यको चुनावबारे छलफल
नेपालमा भएको परिवर्तनबारे सम्बन्धित देशमा जानकारी गराउन राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन