काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीज पर्वको मूल सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको बताएका छन् । हरितालिका तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले तीजलाई प्रायः गीत–नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएकोमा असन्तुष्टि पोखेका हुन् ।
उनले भनेका छन्– 'तीजलाई प्रायः गीत–नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएको छ। तर यसको मूल सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको छ। प्राचीन कालमा पतिपत्नी दुवैले सप्तऋषिको पूजा गर्दै व्रत बस्ने चलन रहेको पाइन्छ । समय क्रममा महिलामात्रै व्रत बस्ने परम्परा विकसित भयो। अहिलेको समाजमा अझै नयाँ मतहरू पनि आएका छन्।'
संस्कृतिले तीजलाई आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको व्रतोत्सवका रूपमा लिएको उनले उल्लेख गरे । पछिल्लो समयमा विज्ञानले पनि व्रतले शरीरलाई फाइदा पुर्याउँछ भन्ने चर्चा गर्न थालेको ओलीले बताएका छन् ।
उनले सन्देशमा भनेका छन्– 'संयुक्त परिवार संस्कृतिको सुगन्ध बोकेको हरितालिका तीजले सबैको परिवारमा आत्मीयता, दाम्पत्यमा उल्लास र समाजमा सौहार्द फैलाओस्। सबै दिदीबहिनीहरूलाई हरितालिका तीजको मंगलमय शुभकामना !'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० भदौ २०८२, ०८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता
समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता