काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेले निष्कासित गरेका नेता भीम रावल देशभक्त नेता भएको बताएका छन् ।
नेपाली विशेषताको समाजवाद विचार गोष्ठीलाई सम्बोधन गर्दै अहिले पनि देशभक्तिको पक्षमा लडिरहेको बताए ।
उनले भने, ‘कमरेड भीम रावल उहाँलाई एउटा पार्टीले निष्कासित समेत गर्यो, अनुशासनको कारबाही गरेर, तर उहाँ देशभक्त हो । देशभक्तिको निम्ति उहाँ निरन्तर लडिराख्नुभएको छ । एमसीसीको बारेमा उहाँले पनि सहभागी भएर हामीलाई सहयोग गर्नुभयो । उहाँलाई बधाई र धन्यवाद दिन्छु ।’
उनले एमसीसीबारे आफ्नो धारणा भए पनि कार्यक्रममा सहभागी भएका सुरेन्द्र पाण्डे, देव गुरुङ, नेत्रविक्रम चन्द विप्लवलगायतलाई पनि धन्यवाद दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ भदौ २०८२, १९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल
देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ, सबै कम्युनिस्ट एकताबद्ध बनौँ’: झलनाथ खनाल
तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
पार्टी एकता सभामा सामेल भए झलनाथ खनाल