काठमाडौं । केपी ओली नेतृत्वको सरकारमा आफनो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्री फेर्ने औपचारिक प्रस्ताव अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतानित्रक समाजवादी पार्टी लोसपाले प्रधानमन्त्रीसाग गरेका छन् ।
गठबन्धन सरकारमा सहभागी मन्त्रीहरु फेर्ने कुरा सम्वन्धित दलको निर्णयमा भर पर्छ । त्यस आधारमा उक्त दललले गरेको निर्णयका आधारमा प्रधानमन्त्रीले मन्त्री फेरिदिने गर्छन् ।
प्रधानमन्त्री ओली त अझ कांग्रेस र एमालेबाट मन्त्री बनेकाहरु पनि फेर्न चाहान्छन् । तर कांग्रेस सभापति शेरवहादुर देउवाले अहिलेसम्म ग्रिन सिग्नल नदिँदा कांग्रेस र एमालेका मन्त्री फेरिने विषय चर्चा हुने तर नफरिने अवस्था सिर्जना भईरहेको छ । यही बेला सरकारमा सहभागी भएको जसपा र लोसपाले भने आफना मन्त्रीहरु फेरिदिन प्रधानमन्त्री ओलीलाई औपचारिक पत्र नै बुझाएका छन् ।
जसपाबाट अहिले प्रदीप यादव खानेपानीमन्त्री र नवलकिशोर सुडी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री छन् । यादवको ठाउँमा वीरेन्द्र महतो र सुडीको ठाउँमा रञ्जुकुमारी झालाई मन्त्री बनाउन जसपाले प्रधानमन्त्रीलाई पत्र बुझाइएको छ । मन्त्री यादवले जसपाको उक्त निर्णयमा आपत्ति जनाउँदै पदबाट नहट्ने बताएपछि जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठकबाटै निर्णय गरेर प्रधानमन्त्री ओलीलाई मन्त्री बदल्न अल्टिमेटम दिएको हो ।
जसपाले शनिबार पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएको थियो । त्यसपछि प्रधानमन्त्रीलाई भदौं ११ गतेभित्र मन्त्री फेरिदिन आग्रहसहितको पत्र बुझाएको हो । यो एकप्रकारको अल्टिमेटम पनि हो, जसपा सांसद वीरेन्द्र महतोले भने ।
कांग्रेससँगको समीकरण बन्नुअघि एमाले–माओवादी गठबन्धनको तीन महिनाको कार्यकालसमेत जोडेर एक वर्षका लागि मन्त्री बन्ने भनिएको जसपा सांसद महतोले बताए । ‘त्यसअनुसार मन्त्रीका लागि पार्टीले नाम पनि दियो । तर, हालसम्म परिवर्तन नभएपछि पार्टीले अल्टिमेटम दिनुपरेको हो,’ उनी भन्छन्, ‘११ भदौसम्म हाम्रा मन्त्री परिवर्तन नभए सरकारलाई विश्वासको मत कायम राख्दै त्यसै दिन राजीनामा दिने निर्णय पार्टीले गरेको छ ।’
अशोक राईले विगतमा पार्टीबाट सरकारमा पठाउने बेला भएको सहमतिका आधारमा अव अर्काे नेतालाई पालो दिनुपर्ने प्रस्ताव पार्टी बैठकमा राखेका थिए । तर खानेपानीमन्त्री प्रदीप यादवले राईको प्रस्ताव ठाडै अश्वीकार गरि।दिएका छन् ।
किन फेरिने, अरु दलबाट फेर्न नपर्ने, हाम्रोमा भने फेर्नु किन पर्ने, म यो निर्णय मान्दिन, यादवले बैठकमा भनेका थिए , प्रधानमन्त्रीले कांग्रेस सभापति शेरवहादुर देउवालाई हस्तान्तरण गर्दा पार्टीबाट नयाँ साथीहरुलाई मन्त्री बनाउादा हुने र वर्ष वर्ष दिनमा मन्त्री फेर्दा राम्रो सन्देश पनि नजाने भएकोले मछोडदिन पनि, यादवले जसपाको बैठकमा भनेका थिए ।
त्यसपछि मन्त्रीबाट बाहिरिनुपर्ने नेता र मन्त्रीमा भित्रिनुपर्ने नेताहरुका बीचमा केही वेर नोकझोक नै चलेको थियो । अशोक राईसाग पनि मन्त्री यादवको राम्रैसँग नोकझोक चलेको बैठकमा सहभागी एक नेताले भने ।
उपेन्द्र यादवलाई छोडेर आफुले अशोक राईलाई सघाएको र पार्टी निर्माण पनि आफनो पहलकमदमीमा भएकोले अहिले यसरी सरकारबाट फाल्ने कुरा आफनो लागि चित्तबुझदो निर्णय नभएको यादवको भनाई थियो ।
उता लोसपामा पनि मन्त्री फेर्ने बारेमा उस्तै रडाँको छ । सदाबहार मन्त्री रहेका शरदसिंह भण्डारीको स्थानमा लोसपाले सर्वेन्द्रनाथ शुक्ललाई पठाउने निर्णय लोसपाले पनि गरेको छ । सोही आधारमा निर्णय लिन लोसपाले पनि प्रधानमन्त्रीलाई आग्रह् गरेको गरयै छ । तर प्रधानमन्त्रीले लोसपा र जसपाको निर्णयका आधारमा मन्त्री फेरि हाल्ने जमर्काे गरेका छैनन ।
लोसपाले त अझ मन्त्री फेर्न नाम प्रधानमन्त्रीलाई दिएकै लामो समय भईसकेको छ ।
नाम बुझाएको एक महिना बितिसक्दासमेत प्रधानमन्त्रीले मन्त्री नफेर्दा लोसपा अध्यक्ष महन्थ ठाकुरले केही दिनअघि प्रधानमन्त्री ओलीलाई भेटेरै दबाब दिएका थिए । एक वर्षअघि पार्टीबाट कसलाई मन्त्री पठाउने भन्ने निर्णय शुक्लकै निवासमा भएको थियो । ‘मेरै निवासमा भएको बैठकमा महन्थजीले एक वर्षका लागि भण्डारीजी जाने र त्यसपछि मलाई पठाउने भद्र समझदारी भएको हो,’ शुक्लले भने, ‘पार्टीभित्र झगडा भएर होइन, प्रधानमन्त्रीले ढिलाइ गरेर रोकिएको हो ।’
प्रधानमन्त्रीले भने आफनो पार्टीबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुड बाहेकका मन्त्री फेर्ने र कांग्रेसबाट पनि मन्त्री फेरेर नयाँ पात्र पठाउन कांग्रेस सभापति शेरवहादुर देउवालाई आग्रह गदै आएका थिए । ओली कांग्रेसबाट उपप्रधान तथा सहरी विकास मन्त्री भएका प्रकाशमान सिंह सहितका मन्त्री फेर्न चाहान्छन् । गृहमन्त्री रमेश लेखक र परराष्टमन्त्री डा आरजु राणा देउवालाई छोडेर कांग्रेसले पनि नयाँ अनुहार दिओस भन्ने प्रधानमन्त्रीको चाहाना थियो । तर त्यसरी आफनै श्रीमती आरजु र निकट नेता लेखकलाई मात्र राखेर अन्य मन्त्री फेर्दा कांगथ्रेसभित्र असन्तुष्टि चुलिने र त्यसले आफु अप्ठ्यारोमा पर्ने देखेपछि देउवा अहिले कसैलाई पनि चलाउने पक्षमा छ्रैनन । तर लोसपा र जसपाले मन्त्रीका नामै दिएर आफुमाथी दवाव वढाईरहादा यही मेसोमा कांग्रेस एमालेका पनि मन्त्री फेर्ने प्रधानमन्त्रीको चाहना सफल भईरहेको छैन ।
यधपी उनले लोसपा र जसपाको अल्टिमेटमका आधारमा तीन मन्त्री भने अव केही दिनमै फेरिदिने भित्री तयारी गरिसकेको प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ भदौ २०८२, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता
एसपीलाई गालीगलौज गर्ने जसपा नेता यादव विरुद्ध पक्राउ पुर्जी जारी
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको संकेत
जसपा सङ्घीय परिषद्को बैठक सुरु