पोखरा । पोखराको आर्बामा नगर बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । सोमबार आर्बाबाट पोखरा आउने क्रममा ग १ख ४०२७ नम्बरको बस दुर्घटना भएको हो ।दुर्घटनामा घाइते सबैको उद्धार भैसकेको वडाध्यक्ष किरण बरालले जानकारी दिए । सबैको अवस्था सामान्य छ ।
‘दुर्घटना हुने बित्तिकै उद्धार भयो । ठुलो क्षति हुन पाएन,’ उनले भने । बरालले आफ्नै गाडी र दुई वटा एम्बुलेन्स परिचालन गरेर उनीहरूको उद्धार गरेका हुन् । घाइते मध्ये ४ जना डिस्चार्ज भइसकेका छन् भने अरुको उपचार भइरहेको छ । गाडी चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ भदौ २०८२, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुग्लिन-पोखरा सडकखण्डको ऐना पहरामा बस दुर्घटना
सङ्खुवासभामा बस दुर्घटना, १४ जना घाइते
पेरुको जुनिन क्षेत्रमा बस दुर्घटना: कम्तीमा १८ जनाको मृत्यु, २४ जना घाइते
काभ्रेमा बस दुर्घटना, २३ जना घाइते
मेलम्चीमा बस दुर्घटना, ८ जना घाइते
श्रीलङ्कामा बस दुर्घटना : २१ तीर्थयात्रीको मृत्यु, १४ गम्भीर घाइते