भोजपुर । अभिभावकविहीन तथा अतिविपन्न २२ छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ । दाताहरूको सहयोगबाट आएको ९० हजार नगदबाट भोजपुर नगरपालिकाभित्रका विद्यार्थीलाई शनिबार पोशाकसहित शैक्षिक सामग्री वितरण गरिएको हो ।
नवोदय संस्था भोजपुरले छनोट गरेका विद्यार्थीलाई कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका राज्यमन्त्री सृजना राईले छात्रवृत्तिका सामग्री वितरण गरे ।
कक्षा १ देखि ९ सम्मका छात्रछात्रालाई छनोट गरी नौ विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्रीसहित पोशाक वितरण गरेको संस्थाका सचिव यदु सुवालले जानकारी दिए । नगरपालिकाभित्रका मावितर्फ विद्योदय मावि, यशोधरा मावि, लक्ष्मी मावि, सिद्धेश्वर माविसहित जनकल्याण आधरभूत विद्यालय, जगदिश्वरी आवि, पञ्चकन्या आवि, जनसेवा आवि र पञ्चकन्या आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीले शैक्षिक सामग्री पाएका सचिव सुवालले जानकारी दिए ।
हाल अमेरिकामा बसोबास गर्दै आएका दम्पती ईश्वर श्रेष्ठ र सावित्री जोशीबाट ३० हजार, डा. सुन्दर मोहन प्रतिष्ठानबाट २० हजार, मदनप्रसाद श्रेष्ठ र देवी श्रेष्ठबाट प्राप्त २० हजार र खड्गबहादुर इन्द्रकुमारी श्रेष्ठबाट प्राप्त २० हजार स्कुल पोशाकसहित शैक्षिक सामग्री वितरण गरिएको छ ।
कोशी प्रदेशका राज्यमन्त्री राईले अभिभावकविहीन विद्यार्थीलाई गरिएको शैक्षिक सामग्री वितरणले अध्ययनमा मद्दत गरेको बताउँदै त्यस्ता विद्यार्थीको लगत सङ्कलन गर्नुपर्ने बताए । अभिभावकविहीन बालबालिकका लागि पनि प्रदेशस्तरमा विभिन्न संस्था खुलेकाले त्यसमार्फत पालनपोषण र अध्ययनको व्यवस्था गर्न सकिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ भदौ २०८२, ०९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७ हजार २२९ को आवेदन
पाकिस्तानी राजदूतावासले दियो १९५ नेपाली विद्यार्थीलाई छात्रवृत्ति
सीटीईभीटीले दियो विद्यार्थीलाई ५ करोड बढीको छात्रवृत्ति
‘एमबीबीएस’ पढाउँदै कनकासुन्दरी गाउँपालिका