भोजपुर । अभिभावकविहीन तथा अतिविपन्न २२ छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ । दाताहरूको सहयोगबाट आएको ९० हजार नगदबाट भोजपुर नगरपालिकाभित्रका विद्यार्थीलाई शनिबार पोशाकसहित शैक्षिक सामग्री वितरण गरिएको हो ।
नवोदय संस्था भोजपुरले छनोट गरेका विद्यार्थीलाई कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका राज्यमन्त्री सृजना राईले छात्रवृत्तिका सामग्री वितरण गरे ।
कक्षा १ देखि ९ सम्मका छात्रछात्रालाई छनोट गरी नौ विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्रीसहित पोशाक वितरण गरेको संस्थाका सचिव यदु सुवालले जानकारी दिए । नगरपालिकाभित्रका मावितर्फ विद्योदय मावि, यशोधरा मावि, लक्ष्मी मावि, सिद्धेश्वर माविसहित जनकल्याण आधरभूत विद्यालय, जगदिश्वरी आवि, पञ्चकन्या आवि, जनसेवा आवि र पञ्चकन्या आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीले शैक्षिक सामग्री पाएका सचिव सुवालले जानकारी दिए ।
हाल अमेरिकामा बसोबास गर्दै आएका दम्पती ईश्वर श्रेष्ठ र सावित्री जोशीबाट ३० हजार, डा. सुन्दर मोहन प्रतिष्ठानबाट २० हजार, मदनप्रसाद श्रेष्ठ र देवी श्रेष्ठबाट प्राप्त २० हजार र खड्गबहादुर इन्द्रकुमारी श्रेष्ठबाट प्राप्त २० हजार स्कुल पोशाकसहित शैक्षिक सामग्री वितरण गरिएको छ ।
कोशी प्रदेशका राज्यमन्त्री राईले अभिभावकविहीन विद्यार्थीलाई गरिएको शैक्षिक सामग्री वितरणले अध्ययनमा मद्दत गरेको बताउँदै त्यस्ता विद्यार्थीको लगत सङ्कलन गर्नुपर्ने बताए । अभिभावकविहीन बालबालिकका लागि पनि प्रदेशस्तरमा विभिन्न संस्था खुलेकाले त्यसमार्फत पालनपोषण र अध्ययनको व्यवस्था गर्न सकिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ भदौ २०८२, ०९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगर : छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण
काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा आज
काठमाडौँ महानगरले २० हजार भन्दा धेरै विद्यार्थीलाई दियो छात्रवृत्ति
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७ हजार २२९ को आवेदन
पाकिस्तानी राजदूतावासले दियो १९५ नेपाली विद्यार्थीलाई छात्रवृत्ति