उदयपुर । उदयपुरमा एक टिपरमा एकाएक आगलागी भएको छ ।
कटारी नगरपालिका–१ चुरीयास्थित सिद्धिचरण राजमार्गमा गएराति भएको उक्त आगलागीमा करिब १९ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
दुधौलीबाट मिर्चैयातर्फ गइरहेको ना ८ ख ५९४१ नम्बरको गिट्टी बोकेको टिपरमा राति ११:४५ बजे वायरिङ सर्ट भई अगाडिको क्याबिन भागमा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय क्षति भने भएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ भदौ २०८२, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असावधानीका कारण आगलागीका घटनामा वृद्धि
नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते
आगलागीबाट दुई जनाको मृत्यु, नौ घाइते
हुम्लाकाे सर्केगाडमा आगलागी, दुई जना घाइते, तीन घरमा क्षति
मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते
देशभर २२ स्थानमा आगलागीका घटना