काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हेर्ने दिन (कुशे औँसी) का अवसरमा आफ्ना बुबासँगको सम्झना र भाव व्यक्त गरेका छन्। शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले दिवंगत आमाको स्मरण गर्दै जीवित पिताप्रति सम्मान प्रकट गरेका हुन्।
ओलीले आफू ४ वर्षको हुँदा आमा बितेको र आमाको धमिलो अनुहार मात्र सम्झनामा रहेको बताएका छन्। बुबाको मुख हेर्ने दिनको अवसरमा उहाँले ९६ वर्ष पुगेका बुबासँग आशीर्वाद लिएको पनि उल्लेख गरेका छन्।
“बुबा ९६ वर्षको हुनुभएको छ। कान अलि कम सुन्नुहुन्छ, पुस्तक पढ्न अझै चस्मा चाहिँ पर्दैन, नजिकसम्मका हिँडडुल गर्न सक्नुहुन्छ,” ओलीले भनेका छन्।
बुबाको मुख हेर्ने दिनलाई पितृ सम्मानको प्रतीकात्मक दिनका रूपमा व्याख्या गर्दै ओलीले बुबा आमाप्रति आदर–सम्मान केवल विशेष दिनमा मात्र होइन, सधैं गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
उहाँले सामाजिक सञ्जालमा लेखेका छन्, “सबैका जीवित पिताहरुलाई नमन, दिवंगत पितृहरूलाई श्रद्धा। बुबाको मुख हेर्ने दिन सबैलाई शुभकामना!”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ भदौ २०८२, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति
'प्रधानमन्त्रीलाई माफी मगाउने कि बोली सच्याउने' : विपक्षी दलभित्रै मतभेद
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
जनमत पार्टीद्वारा प्रधानमन्त्रीसमक्ष ११ बुँदे मागपत्र पेश, संघीय संरचना र समावेशितामा जोड