काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेस र नेकपा(एमाले) नेतृत्वको गठबन्धन सरकारका कारण देश बर्बादीतिर गएको बताएका छन् । बिहीबार रातोपाटीसँग कुरा गर्दै उनले बर्बादीबाट देशलाई रोक्न समाजवादी क्रान्तिको विकल्प नभएको जिकिर गरेका हुन् ।
‘देश झनझन बर्बादीको दिशातर्फ गयो । यसलाई रोक्न समाजवादी क्रान्ति जिन्दाबाद भन्नु बाहेक अर्को विकल्प छैन । समाजवादमा पुग्ने त्यही आधार तयार गर्न हामी जुटेका छौँ । यसका लागि हामी समाजवादी मोर्चा र अन्य वामपन्थी दलहरू एकता र मोर्चाबन्दी गरेर जान्छौँ’, उनले भने ।
आगामी केन्द्रीय समिति बैठकले समाजवादको कार्यदिशा तयार पार्ने जानकारी दिँदै उनले महाधिवेशनले विचार, सिद्धान्तको संश्लेषण गरेर स्पष्ट नीति, योजना र कार्यदिशा बनाउने जिकिर गरे । केपी ओली नेतृत्वको गठबन्धन सरकार निरङ्कुश, तानाशाही र अधिनायकवादतर्फ अग्रसर भइरहेको सापकोटाको आरोप छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ भदौ २०८२, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थायी कमिटी बैठकपछि पार्टीभित्र अभूतपूर्व एकता कायम भएको छ: अग्नि सापकोटा
धेरै अनुनयविनय गरेपछि मात्रै प्रधानमन्त्री ओलीलाई भारतले निम्ता गरेको देखिन्छ: अग्नि सापकोटा
देशको नेतृत्वमा’ ‘प्रचण्ड’को विकल्प छैन, एमालेको शिर निहुरिसक्यो : अग्नि सापकोटा
सम्पादकीय : न्यायको नाममा पुनः द्वन्द्वको आगो सल्काउने दुस्साहस !
अग्नि सापकोटाविरुद्धको रिटमा आज पनि सुनुवाइ नहुने
माओवादीमाथि अन्तर्राष्ट्रिय सर्वहारा वर्गले पनि आशा राखेका छन् : अग्नि सापकोटा