काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले केपी ओली नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय जनगतमा साख गिराएको टिप्पणी गरेका छन्। एक कार्यक्रममा बोल्दै यो सरकार असफल भइसकेको जिकिर गरे।
उनले भने, ‘अहिले हाम्रो ध्यान सरकारतिर छैन। तर सरकार प्राविधिक रूपमा छ भन्ने छ। राजनीतिक र नैतिक वैधता गुमाइसकेको छ। जनताको मनमस्तिष्कबाट विस्थापित भइसकेको छ। यो सरकार राष्ट्रको कलंकको रूपमा स्थापित भएको छ। अन्तर्राष्ट्रिय जनगतमा यसको साख गिरिसकेको छ।’
उनले प्रधानमन्त्री ओलीको तय भएको भारत भ्रमण पनि धेरै अनुनयविनय गरेर मात्रै भएको जिकिर गरे। उनले थपे, ‘एउटा छिमेकीले धेरै अनुनय विनय गरेर भर्खरै निम्ता गरेको छ। दुई छिमेकीसँग पनि राम्रो सम्बन्ध छैन, अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा त यो सरकार गुमनाम छ। धेरै अनुनय विनय गरेर केके प्रतिबद्धता गरेर भएको होला जस्तो लाग्छ।’ उनले जनताको असन्तुष्टि विस्फोट हुनसक्ने भन्दै त्यतातिर ध्यान केन्द्रित हुनुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ साउन २०८२, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशको नेतृत्वमा’ ‘प्रचण्ड’को विकल्प छैन, एमालेको शिर निहुरिसक्यो : अग्नि सापकोटा
सम्पादकीय : न्यायको नाममा पुनः द्वन्द्वको आगो सल्काउने दुस्साहस !
अग्नि सापकोटाविरुद्धको रिटमा आज पनि सुनुवाइ नहुने
माओवादीमाथि अन्तर्राष्ट्रिय सर्वहारा वर्गले पनि आशा राखेका छन् : अग्नि सापकोटा
सत्ता चाहिए ज्ञानेन्द्रले पार्टी खोले भो : अग्नि सापकोटा
अहिलेको सरकार पूर्ण रूपमा असफल : अग्नि सापकोटा