काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले हालै बसेको स्थायी समितिको बैठकपछि पार्टीमा अभूतपूर्व एकता कायम भएको दाबी गरेका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको वर्गीय संगठन समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै पार्टीभित्र चलेका बहस र छलफलका कारण आम जनतामा परेको भ्रम निवारण भएको बताएको बताए।
उनले भने, ‘स्थायी कमिटी बैठकपछि पार्टीमा एक अभूतपूर्व एकता कायम छ, बहस र छलफलको कारणले जनतामा परेको भ्रम अन्त्य भएको छ। हामीले अब सुदृढ एकतासहित अघि बढ्ने संकल्प गरेका छौँ।’
आधारभूत वर्गका तत्कालीन र दीर्घकालीन मागहरूलाई समेटेर पार्टीको कार्यनीतिलाई रणनीतिसँग जोड्ने गरी सङ्घर्षको उठान गर्नुपर्ने आवश्यकता रहेको बताए। नवप्रवर्तन, आधुनिकीकरण र तथ्य तथ्याङ्कमा आधारित रहेर सङ्गठनलाई सुदृढीकरण गर्न पार्टीपंक्तिलाई निर्देशन दिए।
उनले माओवादीले किसान, मजदुर र सुकुम्वासीहरूको हितमा निरन्तर आवाज उठाइरहेको पनि बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३२ साउन २०८२, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२०८४ को निर्वाचनलाई लक्षित गर्दै काम गर्न अग्नि सापकोटाको आग्रह
सरकार अधिनायकवादतिर उन्मुख छ : अग्नि सापकोटा
देश झन् बर्बादीतिर गयो, समाजवादमा जानुको विकल्प छैन : अग्नि सापकोटा
धेरै अनुनयविनय गरेपछि मात्रै प्रधानमन्त्री ओलीलाई भारतले निम्ता गरेको देखिन्छ: अग्नि सापकोटा
देशको नेतृत्वमा’ ‘प्रचण्ड’को विकल्प छैन, एमालेको शिर निहुरिसक्यो : अग्नि सापकोटा
सम्पादकीय : न्यायको नाममा पुनः द्वन्द्वको आगो सल्काउने दुस्साहस !