नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा

सफल खबर संवाददाता

आइतबार, ०१ भदौ २०८२, ०८ : ४३
नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा

File Photo

भरतपुर । सुक्खा पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो हटाएपछि सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको सडक बिहान ८ः१० बजेपछि दुई तर्फी सञ्चालनमा आएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार  ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो ।

सो ठाउँमा चट्टानसहितको पहिरो खसेका कारण  गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका थिए । 

प्रतिक्रिया दिनुहोस