काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य तथा केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले माओवादी केन्द्रसँगको पार्टी एकता हल्ला मात्र भएको बताएका छन् ।
माओवादीबाट एकता हुँदैछ भन्ने हल्ला गरिएपनि त्यस्तो हल्लामा नपर्न पार्टी कार्याकर्ताहरुलाई अर्यालको अनुरोध छ । पार्टीको शुक्रबार बसेको सचिवालय बैठकले वाम पार्टीसँग सहकार्यमात्र गर्ने र समाजवादी मोर्चालाई थप मजबुत बनाउने निर्णय भएको स्पष्ट पारेका छन् ।
‘हाम्रो पार्टीको हिजो बसेको सचिवालय बैठकले विभिन्न वाम पार्टीहरूसँग सहकार्य गर्ने र समाजवादी मोर्चालाई थप मजबुत बनाउने निर्णय गरेको हो’, सामाजिक सञ्जालमा अर्यालले लेखेका छन्,‘त्यसबाहेक हाम्रो पार्टीको सङ्गठन निर्माण र आन्दोलनका सम्बन्धमा आवश्यक अन्य महत्त्वपूर्ण निर्णय पनि गरेको छ । ’
उनले थप भनेका छन्, ‘यतिखेर अरू वाम पार्टीहरूसँग पार्टी एकता गर्ने पार्टी सचिवालयले कुनै पनि निर्णय, योजना र मनसाय प्रकट गरेको छैन ।तसर्थ, पार्टी एकता हुदैछ भन्ने प्रकारको माओवादी हल्लामा नपर्न सम्पूर्ण कमरेडहरूलाई अनुरोध गर्दछु ।’
अरू वाम पार्टीहरूसँग पार्टी एकता गर्ने पार्टी सचिवालयले कुनै पनि निर्णय, योजना र मनसाय प्रकट नगरेको पनि अर्यालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३२ साउन २०८२, १० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था