काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ४ मा लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई प्रहरीले गोली हानेर नियन्त्रण लिएको छ ।
नेपागञ्ज उपमहानगरपालिका ५ का २६ वर्षीय भाइजन अन्सारी सोही ठाउँ बस्ने २२ वर्षीय अमन साह, भारतको बहराइज रुपैडिया थानाका २० वर्षीय अजयकुमार र २० वर्षीय कार्त्तिककुमारलाई लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जको टोलीले नियन्त्रणमा लिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका ४ मा प्रहरीले शंका लागेर खानतलासी गर्ने क्रममा प्रहरीमाथि नै इँटा प्रहार गरेपछि प्रहरीले गोली हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले चलाएको गोली लागेर कार्त्तिककुमार घाइते भएका छन् । बाँके प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तीका अनुसार इँटा लागेर एकजना प्रहरी घाइते भएका छन् ।
उनको दायाँ खुट्टाम गोली लागेको छ । उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनीहरूबाट प्रहरीले २६५ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ साउन २०८२, १५ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवैध लागू औषधसहित चार जना पक्राउ
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ
कैलालीमा लागू औषधसहित पाँच जना पक्राउ
लागूऔषधसहित युवक रौतहटमा पक्राउ
लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ