काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । भदौ ३ गते बिहान ११ बजे बस्ने गरी बैठक बोलाएको उपमहासचि
यादवका अनुसार स्थगित भएको मध्यपहाडी लोक मार्ग केन्द्रित जागरण अभियानको कार्यतालिका, एकतामा जोडिएका नेताहरूको कार्यविभाजन, पार्टी एकता, समसामयिक राजनीति लगायत विषयमा छलफल हुनेछ ।
यद्यपि बैठक अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बस्ने कि केन्द्रीय कार्यालय पेरिसडाडामा बस्ने विषयमा जानकारी नआएको उनले बताए । साउन १९ गते सम्पन्न स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो ।
भदौ १५ गतेबाट स्थगित भएको जागरण अभियान सुरु गर्ने निर्णय गरेको थियो । यस बैठकले केन्द्रीय समितिको बैठकको मिति पनि तय गर्न सक्ने नेताहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ भदौ २०८२, १० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग