प्रधानमन्त्रीको भारत भ्रमण : ओली नेपाली सेनाको विमानमा काठमाडौँबाट सिधै बोधगया जाने

ओली यसपटक भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुग्ने छैनन्, बिहारका मुख्यमन्त्री नीतिश कुमारले गया अन्तर्राष्ट्रिय विमानस्थलमा गर्नेछन् स्वागत

सफल खबर संवाददाता

आइतबार, ०१ भदौ २०८२, ०९ : ४०
प्रधानमन्त्रीको भारत भ्रमण : ओली नेपाली सेनाको विमानमा काठमाडौँबाट सिधै बोधगया जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भदौं ३१ मा हुन लागेको भारतको चाँजोपाँजो मिलाउन भारतीय विदेश सचिव विक्रम मिश्री आज काठमाडौं आउँदैछन् ।

उनी दिउँसो भारतीय वायु सेनाको व्यावसायिक जेट एम्ब्रेरमार्फत काठमाडौं आउन लागेका छन् । मिश्रीको नेतृत्वमा आउने कूटनीतिक टोली आइतबार (आज) दिउँसो करिब १ बजे दिल्लीबाट काठमाडौं अवतरण गर्नेछ र सोमबार दिउँसो मात्र फर्किनेछ ।

उनले यहाँ रहँदा ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो, भ्रमण तालिका र भ्रमणका क्रममा दुई देशका बीचमा हुने छलफलका एजेण्डाहरुका बारेमा नेपाली पक्षसँग सम्वाद गर्नेछन् ।

 यसपटक प्रधानमन्त्री ओलीको दिल्ली भ्रमणमा केही रेकर्ड बन्ने देखिएको छ । पहिलो उनी नेपालका प्रधानमन्त्रीमा सबैभन्दा छोटो भ्रमण अर्थात अहिलेसम्म कार्यतालिका हेरफेर भएन भने उनी आज दिल्ली पुगेर भोलिपल्टै नेपाल फर्कनेछन् ।

दोस्रो उनले भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसँग दिल्दीको हैदरावाद हाउसमा नभई बोधगयामा भेट्नेछन् । तेस्रो, उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनकै दिन पारेर आफना भारतीय समकक्षीसँग विशेष वार्तामा बस्दैछन् । र, चौथो उनी सिधै दिल्ली नगई बोधगया जानेछन्, त्यो पनि नेपाली सेनाको विमानबाट ।

यसपटक प्रधानमन्त्री ओलीको दिल्ली भ्रमणमा केही रेकर्ड बन्ने देखिएको छ । पहिलो उनी नेपालका प्रधानमन्त्रीमा सबैभन्दा छोटो भ्रमण अर्थात अहिलेसम्म कार्यतालिका हेरफेर भएन भने उनी आज दिल्ली पुगेर भोलिपल्टै नेपाल फर्कनेछन् । दोस्रो उनले भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसँग दिल्दीको हैदरावाद हाउसमा नभई बोधगयामा भेट्नेछन् । 

यस अर्थमा ओलीको दिल्ली भ्रमणमा यी चारकुराहरु नयाँ हुनेछन् ।  परम्परालाई तोड्दै, ओली यस पटक भारतको राजधानी नयाँ दिल्लीको भ्रमणमा हुनेछैनन । स्रोतहरूका अनुसार, मोदीले बौद्ध तीर्थस्थल बोधगयामा प्रधानमन्त्री ओलीलाई स्वागत गर्ने छन् ।

पवित्र र ऐतिहासिक महाबोधि मन्दिरको घर, बोधगया विश्वको सबैभन्दा महत्वपूर्ण बौद्ध तीर्थस्थलहरू मध्ये एक मानिन्छ । गौतम बुद्धले बोधगयामा ज्ञान प्राप्त गरेको मानिन्छ ।

प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयका स्रोतहरूका अनुसार, काठमाडौँ र बोधगया बीच कुनै सिधा उडान नभएकोले, प्रधानमन्त्री र उनको सानो प्रतिनिधिमण्डल सिधै काठमाडौँबाट नेपाली सेनाको स्काई विमानमा त्यहाँ जानेछन् । बिहारका मुख्यमन्त्री नीतिश कुमार, राज्यपाल आरिफ मोहम्मद खान र विदेश राज्यमन्त्रीले गया अन्तर्राष्ट्रिय विमानस्थलमा ओलीलाई स्वागत गर्नेछन् ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलका अन्य सदस्यहरू भने स्थलमार्गबाट बोधगया पुग्नेछन् वा पहिले नयाँ दिल्ली उडान गर्नेछन् । असोज १ मा मोदीको जन्मदिनमा ओली र मोदीले प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्, त्यसपछि दिवाभोज र बोधगयास्थित अन्तर्राष्ट्रिय केन्द्रमा संयुक्त पत्रकार सम्मेलन गर्नेछन् ।

ओलीले ऐतिहासिक नालन्दा विश्वविद्यालयको भ्रमण गर्ने र त्यहाँ विशेष सभालाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको प्रधानमन्त्री कार्यालय स्रोतको भनाइृ छ । ओलीलाई डाक्टर अफ लेटर्सको उपाधि डी लिट प्रदान गर्ने बारेमा पनि छलफल भइरहेको छ । त्यसो भएन भने ओलीलाई विश्वविद्यालयमा प्रतिष्ठित पुरस्कार प्रदान गर्न सकिने बारेमा पनि छलफल चलिरहेको छ ।
भारतीय विदेश सचिव आज नेपाल आउने

यसपटक प्रधानमन्त्रीको भ्रमणको पूर्वसन्ध्यामा भारतीय विदेश सचिव नै पनि नेपाल आएका छन् औपचारिक निम्तो दिन । ओलीले प्रधानमन्त्री भए लगत्तै भारत जाने इच्छा देखाएका थिए । तर भारतीय पक्षको औपचारिक निम्तो पाउन नसक्दा उनको भारत भ्रमण प्रधानमन्त्री बनेको १४ महिनापछि हुन लागेको छ । त्यसैको तयारीमा भारतीय विदेश सचिव आज नेपाल आउन लागेका हुन् ।

परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा, भारतका विदेश सचिव विक्रम मिश्री नेपाल आउन लागेका हुन् । ’दुई विदेश सचिवहरूले नेपाल–भारत साझेदारीका विभिन्न पक्षहरूमा छलफल गर्नेछन्, जसमा कनेक्टिभिटी, विकास सहयोग र पारस्परिक हितका अन्य मामिलाहरूमा केन्द्रित हुनेछन्, मिश्रीको नेपाल भ्रमणबारे परराष्ट मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । मिश्रीले नेपालका उच्चस्तरीय प्रतिष्ठित व्यक्तिहरूसँग पनि भेट गर्ने कार्यक्रम छ ।

गत वर्ष जुलाईमा पदभार ग्रहण गरेपछि मिश्रीको यो दोस्रो नेपाल भ्रमण हो । उनी गत वर्ष अगस्टमा काठमाडौं आएका थिए । मिश्रीले प्रधानमन्त्री ओलीलाई भेट्नेछन् र ओलीका भारतीय समकक्षी नरेन्द्र मोदीले दिएको निमन्त्रणा औपचारिक रूपमा हस्तान्तरण गर्नेछन् । मिश्रीले भ्रमणका सम्भावित एजेन्डाहरू लगायतका बारेमा प्रधानमन्त्री ओलीसँग कुराकानी गर्नेछन् ।

त्यसैगरी मिश्रीले परराष्ट्रमन्त्री आरजु राणा देउवा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायत अन्य नेताहरूसँग भेट गर्नेछन् । परराष्ट्र सचिव राई र मिश्रीले प्रधानमन्त्रीको भ्रमणको एजेन्डाबारे छलफल गर्न प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्।

राईले मिश्री र भारतीय प्रतिनिधिमण्डलको लागि रात्रिभोज आयोजना गर्नेछन् ।